कपिलवस्तुमा समुदाय स्तरका थप १७ जनामा कोरोना संक्रमण, थप कडाई गर्दै प्रशासन

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदअ कपिलवस्तु, २६ साउन
कपिलवस्तुमा समुदाय स्तरका थप १७ जना कोरोना सक्रमित पुष्टी भएका छन् । यससंगै जिल्लामा सन्क्रमितको संख्या ८ सय ५७ पुगेको छ । आईतवार पुष्टी भएका संक्रमित मध्ये १२ जना ब्यापारी, ४ स्वास्थ्यकर्मी, र एक सुरक्षाकर्मी रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । तौलिहवा बजारमा पसल संचालन गर्दै आएका ११ ब्यापारी, कपिलवस्तु् अस्पतालका थप ४ स्वास्थ्यकर्मी र त्यही अस्पतालमा सडयुटीमा खटिएका एक नेपाल प्रहरीकासुरक्षाकर्मी तथा कृष्णगनरका एक ब्यापारी संक्रमित पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले बताए ।

गत साउन ४र २१ गते कपिलवस्तु नगरपालिकाका तौलिहवा बजार क्षेत्र, (बालमन्दिर) देखि सन्कलन गरिएका २२६ नमुना मध्ये ११७ नेगेटिभ ११ पोजेटिभ र ९८ नमुना प्रतीक्षा छ ।गत साउन४र२३ गते,कपिलवस्तु अस्पतालदेखि सन्कलन गरिएका ६ नमुना मध्ये ५ पोजेटिभ आएको छ ।कृष्णनगर नगरपालिकाको थप १ जना संक्रमित भएका हुन । यस अघि तौलिहवा बजारका २० जना र मायादेबी गाउपालिकाका एक जन समुदायस्तरका मान्छे सक्रमित भएका थिए । दु्रत परिक्षणका क्रममा अहिले सम्म ५३ जना संक्रमित भेटिएका छन ।

यसैबीच जिल्ला स्वास्थय कार्यालय अनुसार अहिले सम्म कपिलस्तु अस्पतालका ६ स्वास्थ्थयकर्मी संक्रमित भएका छन । २ महिना अघि अस्पतालमा कार्यरत एक स्टाफ नर्स संक्रमित भएकी थिईन । निको भए पछि अहिले उनी काममा फर्कि सकेकी छिन । ३ दिन अघि अस्पतालमा कार्यरत ल्याब असिस्टेन्ट समेत संक्रमित भएका थिए । स्वाब संकलन गर्दै आएका उनी अहिले आइसोलेशनमा छन । आईतवार अस्पतालको एक नर्सिङ कर्मचारी, एक ल्याब फाटका, ऐक्सरे र ओपीडीमा काम गर्नै कर्मचारी संक्रमित भएका छन् । अस्पतालमा के गनै बिषयमा छलफल भईरहेको अस्पताल प्रशासनले जनाएको छ ।

यसैबीच कारेोना संक्रमतिको संख्या बढेपछि प्रशासनले लकडाउनलमा थप कडाई गर्र्ने संकेत गरेको छ । यस अघि गत साउन २२ गते देखि ३२ गते सम्मकालागि निषेधाज्ञा जारी छ । बैकिङ संस्था सार्वजनिक यातायात बन्द छ । तर बजार र निजी सवारी साधन भने खुला छन । सोमवार भने अन्यावश्यक सेवा बाहेक अरु सबै सेवाहरु बन्द हुने प्रशासन श्रोतले जनाएको छ । प्रजिअ दीर्घ नारायण पौडेलले सोमवार प्रशासन कार्यालयमा लडडाउनका बिषयमा बैठक बसेर केही निणर््ायहरु लिने बताए ।


प्रकाशित : २०७७ श्रावण २६, सोमबार ०१:२२