
बुटवल, श्रावण २६ ।
नेपाल खानेपानी संस्थान बुटवल, रूपन्देहीका कार्यालय इन्जिनियर सन्तोष साह श्रोत नखुलेको रकम सहित धादिङमा अख्यितार दुरुपायोग अनुसन्धान अयोगको फन्दामा परेका छन् ।
नेपाल खानेपानी संस्थान बुटवल, रूपन्देहीका कार्यालय प्रमुख सातौ तहका इन्जिनियर सन्तोष साहले खानेपानी शाखा कार्यालयहरुको विभिन्न व्यक्तिहरु संग घुस र रिसवत रकम उठाई काठमाडौंतर्फ जाँदै गरेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीले धादिङबाट प्रकाउ गरेको हो ।
इन्जिनियर साहलाई खानेपानी संस्थानको लु १ ञ ९५ नं को गाडीमा बुटवलबाट काठमाण्डौ जादै गर्दा जिल्ला धादिङ धुनिवेसी नगरपालिका वडा नं.८ खानी खोलामा गाडी चेक जाँच गर्ने क्रममा निज सँग रहेको श्रोत नखुलेको नगद रकम दुई लाख तेत्तीस हजार पाँच सय र बैंकमा जम्मा गरेको बैंक भौचर आठ लाख बाइस हजार बराबरको रकम सहित प्रकाउ गरिएको अख्यिारका प्रकाउ प्रवक्ता तारानाथ अधिकारीद्धारा जारी विज्ञिप्तीमा उल्लेख छ ।

