
लुदअ कपिलवस्तु, २७ साउन
बिद्यालयका प्रअ सहीत कपिलवस्तुमा मुदायस्तरका थप १० जना कोरोना संक्रमित भेटिएका छन । कृष्णनगर नगरपालिकाका नौ र बुद्धभुमी नगरपालिकाका एक जना संक्रमित थपिएका हुन । यससंगै जिल्लामा संक्रमितको संख्या ८ सय ६७ पुगेको जिल्ला स्वास्थ्य कार्यालले जनाएको छ ।
कृष्णनगर स्थित नेपाल बैकका थप ३ जना, कृष्णनगर नगरपालिकामा कार्यरत एसिस्टेन्ट सभ ईन्जीनीयर, सरकारी बिद्यालउका प्रअ, शिवराज अस्पतालका फार्मैसी संचालक, बहादुरगंज आखा अस्पतालका कर्मचारी र ब्यापारी गरी कृष्णगनरमा नौ जना सक्रमित पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यौलयका कोरानो फाकल पर्सन कुमार थापाले बताए ।
बुद्धभ्मी नगरपालिकामा संक्रमित महिला भने कन्ट्रेक्ट टे«सिङका क्रममा फेला परेकी हुन । जिल्लामा नौ सय जनाको स्वाबको नतिजा आउन बाकी छ ।

