
लुदअ कपिलवस्तु, साउन २९
पछिल्लो समय जन्मदिनको अवसरमा होटल तथा रेष्टुरेण्टमा फजुल खर्च गर्ने प्रचलन बढिरहेको अवस्थामा कपिलवस्तुको बाणगंगा नगरपालिकाका युवा दीपक पोख्रेलले उदाहरणीय कार्य गरेर आफ्नो जन्मदिन मनाएका छन् । वाणगंगा नगरपालिका वडा नम्बर ८ मधुवनका पोख्रेलले २९ औँ जन्मदिनको अवसरमा दीपकले बाणगंगा र अर्घाखाँचीका दुई मृगौला पीडित र बाणगंगाकै एक ब्लड क्यान्सर पीडितलाई १०/१० हजार गरि ३० हजार आर्थिक सहयोग गरेका हुन् ।
झुँगाका दुवै मृगौला पीडित हरि न्यौपाने, ठाकुरापुरका ब्लड क्यान्सर पीडित विष्णुहरी पोख्रेल, अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नं. १० का दुवै मृगौला पीडित सन्तोष गैरेलाई नवप्रभात युवा क्लव ठाकुरापुर मार्फत् पोख्रेलले सहयोग गरेका हुन् ।
क्लवका अध्यक्ष मिलन चालिसे सहितको टोली रकम लिएर ती पीडित परिवारमा पुगेका थिए ।
नव प्रभात युवा क्लवले यस अघि पनि उदाहरणिय सामाजिक कार्य गर्दै आएको छ आगामी दिनमा यसलाई निरन्तरता दिने क्लवका अध्यक्ष चालिसेले प्रतिबद्धता व्यक्त गरे ।

