कपिलवस्तुको वाणगंगामा पनि समुदाय स्तरमा पुग्यो कोरोना

[sharethis-inline-buttons]

लुदअ कपिलवस्तु, साउन ३२
कपिलवस्तुको वाणगंगा नगरपालिका समुदायस्तरमा कोरोना देखिएको छ । नगरपालिकाको वडा नं. ८ मा एक जनालाई लक्षण सहितको कोरोना पुष्टि भएको हो । वडा नं ८ मधुवनकी एक महिलामा कोरोना पुष्टि भएको वाणगंगाका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले बताए । विरामी भएर बुटवल उपचारको क्रममा गएको बेला उनमा कोरोना देखिएको पौडेलले बताए ।

महिलामा लक्षण सहितको कोरोना देखिएपछि उनको बुटवल स्थित अस्थायी कोरोना विशेष अस्पतालमा उपचार भैरहेको बताइएको छ । समुदायकी महिलामा कोरोना देखिएपछि उनका परिवार र छरछिमेकको आईतवार बिहान स्वाब संकलन गर्ने स्वास्थ्य शाखा प्रमुख पौडेलले जानकारी दिए । वाणगंगामा समुदायस्तरमा कोरोना देखिएको यो पहिलो घटना हो ।


प्रकाशित : २०७७ श्रावण ३२, आईतवार ०१:१८