
लुदस,
कपिलवस्तु उद्योग वाणिज्य संघ ले फेरी अर्को नमुना काम गरेको छ । पछिल्लो समय समुदाय स्तरमै कोरोना संक्रमण देखिन थालेपछी आफ्नै लागतमा पि. सि आर जाँच गराएको छ ।
संघले जिल्लाका विभिन्न स्थानमा सचेतना मुलक कार्य गर्नुका साथै मास्क वितरण लगाएतमा सक्रियता देखाएसंगै पि.सि. आर जाँच गराएको संघका अध्यक्ष उमानाथ पौडेलले बताए ।
समुदाय संग प्रत्यक्ष सम्पर्कमा रहने उद्योगी व्यापारी र बाणगंगा नगरपालिका वडा नं ८ मधुवनमा समुदाय स्तरमा संक्रमित महिलाको प्रत्यक्ष सम्पर्कमा रहेका हरुको जाँच गरिएको महासचिव लक्ष्मण अधिकारीले जानकारी दिएका छन् ।
समुदाय स्तरमै कोरोना संक्रमणको महामारी हुन थालेपछी सरकारको जाँच प्रकृयामा ठिला सुस्ती हुने समुदायलाई समयमै स्वास्थ्य परिक्षण गराई व्यापारीक गतिविधिहरुलाई समेत सुरक्षित पार्ने उद्धेश्यले पि.सि. आर जाँच गराएको संघले जनाएको छ ।
उपभोक्ता हरुको प्रत्यक्ष सम्पर्क रहने खाध्यान्न , लत्ता कपडा , होटल व्यावसायी लगाएत समुदाय स्तरमा काम गर्ने सहकारी संघ, संस्था , सुरक्षाकर्मी र एक जना लागु औषध कारोवारमा पक्राउ इलाका प्रहरी कार्यालय पिपरामा रहेका थुनुवा सहित ९९ सय जनाको स्वाव संकलन गरिएको बाणगंगा नगरपालिकाका स्वास्थ्य संयोजक ठगराज पौडेलले जानकारी दिएका छन् । उच्च जोखिममा रहेका व्यवासायीहरु लाई अनिवार्य गरेको र अटेर गरे व्यावसाय बन्द गर्ने चेतावनी समेत गरिएको संघले जनाएका छ । यसबाट उपभोत्ताहरुको स्वास्थ्य खान पाउने अधिकार समेत सुरक्षित हुने अध्यक्ष पौडेलले बताए ।

