वाणगंगा ६ भगलापुरमा दिउँसै चोरी

ByLumbini Darpan Online

६ भाद्र २०७७, शनिबार ०९:२७ ६ भाद्र २०७७, शनिबार ०९:२७ ६ भाद्र २०७७, शनिबार ०९:२७

सागर पौडेल, भाद्र ६ ।

कपिलवस्तुको वाणगंगा नगरपालिकामा दिउसै चोरीका घटना हुन थालेका छन् । वाणगंगा नगरपालिका वडा नम्बर ६ मा आज दिउसोको समयमा चोरी भएको छ। बाणगंगा नगरपालिका वडा नम्बर ६ भगलापुरका सुजन भुसालको घरमा चोरी भएको स्थानियले बताएका छन् । यस अघि पनि भुसालका अंकल राजु भुसालको घरमा दिउँसोको समयमा चोरी भएको थियो ।

घर पछाडी परिवारका सदस्यले घाँस काटेर फर्कने क्रममा चोरी गर्ने मानिस घरभित्रबाट निस्किएको देखेको बताए । चोरी गर्ने मानिस भने फरार भएको परिवारले बताएका छन् । प्रहरीका अनुसार दराजमा राखिएको नगद रु. १९ हजार नगद सहित एक थान स्यामसुङ मोवाईल पनि चोरी भएको छ ।

प्रत्यक्षदर्शीका अनुसार चोरी गर्ने मानिस कालो रङको मोटरसाइकल चढि आएको करिब पाँच फिट उचाई भएको उनीहरुको भनाई छ । उता कोरोना माहामारीका बिचमा भएको चोरीका विषयमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक आयुष जोसिले बताएका छन् । चोरी गर्ने मानिस कालो रङको मोटर साईकलमा आएको भनिए पनि उसको वास्तविक पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । यद्यपि घटनाको अनुसन्धन भईरहेको ईलाका प्रहरी कार्यालय पिपराले जानकारी दिएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *