पिकअपको ठक्करबाट वाणगंगाकी एक महिलाको मृत्यु

[sharethis-inline-buttons]

लुदअ कपिलवस्तु, भदौ ७ 
कपिलवस्तुको वाणगंगामा पिकअपले ठक्कर दिदाँ १ महिलाको मृत्यु भएको छ । वाणगंगा नगरपालिका ८ चप्परगाउँ स्थित पूर्वपश्चिम राजमार्गमा पुर्वबाट पश्चिम जाँदै गरेको लु १ च ५७९६ नम्बर जिप (पिकअप) ले ठक्कर दिएको थियो ।

ठक्करबाट वाणगंगा नगरपालिका ७ बनगाईकी स्थानिय लक्ष्मी देवी कोईरालाको मृत्युु भएको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ प्रहरीले उक्त गाडी सहित चालकलाई नियन्त्रणमा लिएको छ भने शवलार्ई पोस्टमार्टमका लागी बुटबल पठाईएको छ ।


प्रकाशित : २०७७ भाद्र ८, सोमबार ०९:००