कपिलवस्तुमा थपिए १९ जना नयाँ कोरोना संक्रमित, संक्रमितको संख्या १ हजार ९३ पुग्यो

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदअ कपिलवस्तु, भदौ ११
कपिलवस्तु जिल्लामा विहिबार थप १९ जनामा कोरोना पुष्टि भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार कपिलवस्तुको कृष्णनगर भन्सार कार्यालयबाट कन्ट्रयाक्ट ट्रेसीङका आधारमा संकलन गरिएको ८० स्व़ाब नमुनाबाट १९ जनाको पोजेटिभ आएको छ ।

८० मध्ये अझै २१ स्वाबको नतिजा आउन बाँकी रहेको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

योसँगै कपिलवस्तुमा कुल संक्रमितको संख्या १ हजार ९३ पुगेको छ । त्यस्तै जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या भने अहिलेसम्म ३ पुगेको छ ।


प्रकाशित : २०७७ भाद्र ११, बिहीबार १०:२३