सैनामैना मा बि ले सम्पूर्ण निजिस्रोत शिक्षक र कर्मचारीको बिमा गर्यो

[sharethis-inline-buttons]

असिम क्षेत्री रुपन्देही, भदौ १६

नमुना विद्यालयको रुपमा छनौट भएको रूपन्देहीको सैनामैना नगरपालिका–१ को सैनामैना माध्यमिक विद्यालयले अर्को उदाहरणिय कार्य गरेको छ । विद्यालयले विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) को जोखिमलाई मध्यनजर गर्दै शिक्षक कर्मचारीको निःशुल्क विमा गरी उदाहरणिय कार्य गरेको हो ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले नमूना विद्यालयमा छनोट गरेको हो उक्त विद्यालयले बिद्यालयमा कार्यरत निजि स्रोत शिक्षक र कर्मचारीको रु १ लाख बराबरको निःशुल्क कोरोना बिमा गरेको विद्यालयका प्राचार्य नेत्रलाल पुरिले बताए ।

 


प्रकाशित : २०७७ भाद्र १६, मंगलवार ०३:२५