
लुदअ कपिलवस्तु, भदौ १७
कोरोना बिशेष अस्पताल बुटवलमा उपचाररत कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नम्बर ११ रामनगरकी ७० बर्षिया सोनमति कुर्मीको बुधवार बिहान सवा नौ बजे मृत्यु भएको छ । उनी लामो समय देखि उक्त रक्तचापकी बिरामी थिईन । उपचारकै क्रममा गत भदौ ७ गते कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले बताए ।
यससंगै कपिलवस्तु्ुमा कोरोनाबाट मृत्यु हुने संख्या ४ पुगेको छ । मृत्यु हुनेमा ३ पुरुष र एक महिला छन् । कपिलवस्तु नगरपालिकामा २, मायांदेवी गाउँपालिकामा एक र कृष्णनगर नगरपालिकामा १ जनाको मृत्यु भएको हो ।

