लुदअ कपिलवस्तु, १७ चैत
कपिलवस्तु कारागारबाट नौ जना कैदी बन्दीलाई रिहा गरिएको छ । कोभिड९ १९ अर्थात कोरना भाईरस फैलन सक्ने जोखिम कम गर्नभन्दै जिल्ला अदालतको आदेश अनुसार कपिलवस्तु कारागारमारहेका कैदी रीहा गरीएको हो । कोरोना भाईरस फैलिए पछि सर्वोच्च अदालतको निर्णय अनुसार जिल्ला अदालतले उनीहरुलाइ छाडेको हो । सर्वोच्च अदालतको गत चैत ७ गतेको निर्णय अनुसार जिल्ला अदालतको आदेश पछि उनीहरुलाई रिहा गरिएको छ ।
मुलुकी फौजदारी संहीता कार्यबिधि २०७४ को दफा १५५ अनुसार एक बर्ष सम्म कैद बाकी रह्का कैदी बन्दीको रकम लिई उपयुक्त देखिए जिल्ला न्यायधिको ईजलासबाट छाडने ब्यवस्था मिलाउन सर्वोच्चले प्रेस बिज्ञप्ती जारी गरेको थियो । रिहा भएका
नौ जना मध्ये बहु बिवाहका २, आगलागी ४, कुटपीट र लुटपीटका २ र सवारी ज्यानका एृक जना रिहा भएका हुन । एकै ठाउमा धेरै मानिस हुदा कोरोना संक्रमण फैलन सक्ने भएकाले कारागारमा सचेतना कार्यक्रम समेत चलाईएको जेलर राकेश पाण्डेयले बताए ।
दुई ब्लकमा २ सय ३० जनको क्षमता रहेको कारागरमा अहिले ३ सय ८५ जना कैदीबन्दी छन । कोरोना फैलन सक्ने भन्दै कारागार ब्यवस्था बिभागको परिपत्र अनुसार कैदीबन्दीका आफन्तहरुलाई भेटन दिने कार्यक्रम समेत हाललाई रोक लगाईएको छ ।