Latest Posts

प्रदेशमा एक हजार सिलिन्डर अक्सिजन मौज्दात राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन

  लुदस, काठमाडौं , साउन, ११ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सात वटै प्रदेश आपूर्ति केन्द्रलाई कम्तीमा पनि एक...

कांग्रेसको पदाधिकारी बैठक बस्दै

लुदस, काठमाडौं, साउन ११ नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्ने भएको छ । स्थगित भएको अधिवेशनको नयाँ मिति तय...

निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई जसपाको आधिकारिकता दियो

  लुदस,काठमाडौँ,साउन ११ निर्वाचन आयोगले जसपाको उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएको छ। आज केन्द्रीय कार्यकारिणी परिषद्का बहुमत सदस्यको...

निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई जसपाको आधिकारिकता दियो

लुदस,काठमाडौँ,साउन ११ निर्वाचन आयोगले जसपाको उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएको छ। आज केन्द्रीय कार्यकारिणी परिषद्का बहुमत सदस्यको हस्ताक्षर...

रुपन्देहीमा आज ४६ संक्रमित थपिदा , २६ जना संक्रमणमुक्त २ को मृत्यु

बुटवल साउन ११ रुपन्देहीमा पछिल्लो २४ घण्टामा ४६ जना नयाँ संक्रमित थपिदा २६ जना संक्रमणमुक्त छन्। पछिल्लो २४...

Latest Posts

प्रदेशमा एक हजार सिलिन्डर अक्सिजन मौज्दात राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन

  लुदस, काठमाडौं , साउन, ११ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सात वटै प्रदेश आपूर्ति केन्द्रलाई कम्तीमा पनि एक हजार वटा अक्सिजनका सिलिण्डर भरेर राख्न निर्देशन दिएको छ । मन्त्रालयले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै विगतका दिनहरुमा जस्तै कोरोना...

कपिलवस्तुका सक्रिय युवाहरुद्धारा ‘फुड बैङक’ स्थापना

लुदअ कपिलवस्तु, भदौ २२
कोरोना महामारीको कारण लामो समयसम्म भएको लकडाउनले जनजीवन प्रभावित भइरहेको अवस्थामा कपिलवस्तुमा पनि ‘फुड बैङक’ सुरु भएको छ । लक डाउनले विशेषगरी अति विपन्न र श्रमिक मजदुरलाई विहान साँझ जोहो गर्न समस्या भए पछि जिल्लाका केही युवाहरु मिलेर बाणगंगा नगरपालिकाबाट फुड बैङकको सुभारम्भ गरेका हुन् । आइतबार चार नम्बरमा यो कार्यक्रम गरिएको छ ।

फुड बैङ्क भनेको खाद्य सामाग्री संकलन तथा वितरण केन्द्र हो । जहाँ भएकाहरुले बिभिन्न खाद्य सामाग्री संकलन गर्न सक्छन् भने नभएकाहरुले निशुल्क लिएर आफ्नो विहान साँझको छाक टार्न सक्ने छन् । ‘हुनेले दिएर जाऔँ, नहुनेले लिएर जाऔँ’ भन्ने नारा राखिएको यो अभियानबाट विपन्न तथा गरिब नागरिकलाई सहज हुने अपेक्षा गरिएको युवा अभियान्ता सुनिता बेलबासेले जानकारी दिईन् । सोमबार बुद्धभूमि नगरपालिकाको गोरुसिंगेमा कार्यक्रम हुने बताइएको छ ।

फुड बैंकमार्फत् दाल, चामल, आलु, तेल, नुन जस्ता अत्यावश्यक खाद्यान्न संकलन र वितरण हुने छ । यो कार्यक्रमलाई आवश्यकता अनुसार जिल्लाभर संचालन गरिने पनि बेलबासेले बताउनु भयो । अभियानमा मधुसुधन भुषाल, प्रविन गौतम, सुशान्त पोख्रेल, सरोज घिमिरे, कोपिला गिरि लगायत युवाहरु आवद्ध रहेको सरोज घिमिरेले जानकारी दिए ।

Facebook Comments Box

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *