लकडाउनमा अति विपन्नको साहारा बन्दै ‘फुड बैंक’

[sharethis-inline-buttons]

हरि आचार्य कपिलवस्तु, भदौ २३
कपिलवस्तुका सक्रिय युवाहरुले सुरु गरेको फुड बैंक छाक टार्न गाह्रो भएका अतिविपन्न परिवारको साहारा बन्दै गएको छ । खासगरी विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) का कारण बिषम परिस्थितिमा मज्दुरि गरि जिवोकोपार्जन गर्ने परिवारलाई भोकै बस्न नपरोस भन्ने उदेश्यले, कपिलवस्तु जिल्लाका सकृय युवाको सकृयतामा सुरुभएको फुड बैंकको सेवा प्रभावकारी बन्दै गएको छ ।

सोमवार दोस्रो दिन पनि करिव ४० अति विपन्न परिवारलाई राहत स्वरुप खाद्यान्न वितरण गरिएको बताईएको छ ।

हुनेले दिएर जाऔँ, नहुनेले लिएर जाऔँ भन्ने नारका साथ सुरु गरिएको फुड र्बैकमा सोमवार बि एन्ड बि मल्टी ट्रेडर, राजु अर्याल, गौरव आचार्य, पशुपति गिरी, सुरक्षा तिवारी, कृति अर्याल, क्यापिटल फूड प्रा.लि., प्रबिन सापकोटा, चुले थारू, हरि अधिकारी, प्रतीक्षा ढकाल, साबित्रा घिमिरे, ओबि देवी गिरी, कमला गौतम, रमा ज्ञवाली लगायतले आर्थिक तथा भौतिक सहयोग गरेका थिए ।

खासगरि फुड बैंक सञ्चालनका लागि सुनिता बेल्वासे, सरोज घिमिरे, मधु भुषाल, कोपिला गिरि, प्रविन गौतम, विशाल अधिकारी, सागर बन्जाडे, सुभद्र पोख्रेल, लगायतका सक्रिय युवाहरु खटिएका छन् ।


प्रकाशित : २०७७ भाद्र २३, मंगलवार १२:५६