बल्नै छाडे सोलार बत्ती

[sharethis-inline-buttons]

गुलाम अलि
कपिलबस्तु

कपिलवस्तु सदरमुकाम क्षेत्रमा रहेका सोलार बत्तीहरु अधिकांस बल्न छाडेका छन् । नियामित मर्मत सम्भरको अभावमा तौलिहवा बजार क्षेत्रकामा रहेका अधिकाशं सोलार सडक बत्ती बिग्रेको अवस्थामा रहेका हुन् ।

बत्ती बिग्रीदा बजार बासीहरु तथा सड्कमा हिडडुल गर्ने अँधेरामा आवत जावत गुर्न परेको छ । जस्ले गर्दा सडकमा हिंडदुल गर्न समेत त्रास बढेको स्थानियहरको गुनासो छ । बत्ती बिग्रीदा नगबासीहरुले आफूलाई असुरक्षित समेत महशुत गरिरहेको बताए ।

नगरपालिका मुख्य बाटो क्षेत्रमा रहेको सोलर बत्ती मर्मत संभार गर्न नगरबासीले पटक भन्दा पनि नगरपालिकामा माग गर्दा समेत नगरपालिकाले यसलाई ब्यवस्था गरेका स्थानिहरु बताउँछन ।

कपिलबस्तु नगरपालिका भित्र कुल ४२ वटा सोलार सडक बत्ती जडान गरिएको छ । जसमध्ये ३५ वटा बिग्रेको अवस्थामा रहेका छन् । सोलारबत्ती बिग्रीदा रातीमा हिन्न ग्राहो भइरहेको कपिलबस्तु नगरपालिका १ का प्रकाश घिमिरेले बताए । सोलार सडक बत्ती नामको मात्र रहेको अधिकांसको बुझाई छ ।

यसबारे कपिलबस्तु नगरपालिकाका ईन्जिनीयर चण्डी प्रसाद देवले सोलार जडान भएको ५ बर्ष पुरोनो भएको कारण बिग्रीएको बताएपनी मंमतका विषयमा भने अन्यौल रहे ।


प्रकाशित : २०७७ भाद्र २८, आईतवार ०७:५१