बाणगंगा नगरले महिला स्वास्थ्य स्वयं सेविकाको कोरोना विमा गरिदिने

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदअ कपिलवस्तु, भदौ ३०
वाणगंगा नगरपालिकाका २ विद्यालय नमुना विद्यालयका रुपमा छनौट भएका छन् । प्रदेश सरकारले लागु गरेको मापदण्ड अनुसार नगरपालिकाले नमुना विद्यालयका रुपमा नगर भित्रका हेमराज मावि हतौसा र जनज्योति मावि मोतिपुरलाई छनौट गरेको छ । सोमवार बसेको नगरपालिकाको आकस्मिक बैठकले नमुना विद्यालय छनौटदेखि विभिन्न महत्वपूर्ण निणर्यहरु सार्वजनिक गरेको छ ।

यस्तै बैठकले सौर्य उर्जाको लागि खारखानीलाई स्वीकृत प्रदान गरेको छ भने नगरवासीहरुको सहजताको लागि ई सेवाबाट कर भुक्तानी गर्ने प्रक्रियालाई अगाडी बढाउने निणर्य गरेको हो । यो प्रक्रियालाई सकभर छिटो कार्यान्वयनमा ल्याउने पालिकाले जनाएको छ ।

यस्तैगरी विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस अर्थात कोभिड १९ले विश्वलाई नै आक्रान्त पारिरहेको समयमा जोखिम मोलेर सेवामा खटिनुपर्ने भएकोले नगर भित्रका १ सय १२ जना महिला स्वास्थ्य स्वयम् सेविकाको कोरोना विमा गरिदिने निणर्य गरिएको नगर प्रवक्ता विष्णु प्रसाद पौडेलले जानकारी दिए ।

यस्तै बैठकले सरकारसंग थारु संग्रहालय निर्माणका लागि बजेट माग गर्ने निणर्य समेत गरेको छ ।


प्रकाशित : २०७७ भाद्र ३०, मंगलवार ०१:३८