राजमो कपिलवस्तुद्धारा शोक सभा संम्पन्न

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुम्बिनी दर्पण कपिलवस्तु
राष्ट्रिय जनमोर्चा निकट मुल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रिय परिषद सदस्य तथा सुदुर पश्चिमोत्तर क्षेत्रीय सदस्य दोण्र प्रसाद पोखरेल को निधन भएको ९ औं दिनको दिन आज श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।
राष्ट्रिय जनमोर्चा जिल्ला समिति कपिलवस्तुको आयोजनामा मा आज स्वर्गीय पोख्रेलको बाणगंगा नगरपालिका ५ सिमलखोरमा रहेको निवासमा कार्यक्रम संम्पन्न भएको हो ।
श्रद्धाञ्जली सभामा मुल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय उपाध्यक्ष कपिल खनाल,
राजमो कपिलवस्तुका अध्यक्ष दधिराम आचार्य, नेकपा मसाल जिल्ला प्रवक्ता छविलाल गैरे, अखिल नेपाल किसान महासंघका उपाध्यक्ष शिव पौडेल, अखिल (छैठौं ) जिल्ला अध्यक्ष रिषभ आचार्य, लगाएतले बोल्दै स्वर्गीय पोख्रेलले पार्टिमा पुर्‍याएको योगदानको चर्चा गर्दै उहाँको निधनले पार्टिलाई अतुलनिय क्षति भएको बताएका थिए । बक्ताहरुले पोख्रेलको निधनले गर्दा पार्टी दुखित भएको बताउदैे देखाएको बाटोमा लाग्न सम्पूणर् लाई आग्रह गर्दै शोकलाइ शक्तिमा परिणत गर्न आग्रह गरेका थिए । कार्यक्रममा नेपाली काङ्ग्रेस का नेता सालिकराम पौडेलले पोख्रेल सामाजिक कार्यमा सधै लगनशिल र उर्जावान व्यक्तित्व भएको बताएका थिए ।

पोख्रेलको कोरोना संकरमणका कारण भारतको पन्जाबमा निधन भएको थियो।


प्रकाशित : २०७७ भाद्र ३०, मंगलवार ११:१०