वाणगंगा नगरपालिका २ नं वडा गब्दैयाका डेढ सय व्यक्ति नेकपामा प्रवेश

[sharethis-inline-buttons]

लुदअ,जितपुर ।

कपिलवस्तु जिल्लाका डेढ सय बढी व्यक्ति आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् । जिल्लाको वाणगंगा नगरपालिका वडा नं. २ गब्दैया कप्टैया क्षेत्रका डेढ सय बढी व्यक्ति एक कार्यक्रमका बीच नेकपामा प्रवेश गरेका हुन् ।

नेकपा वाणगंगा नगरपालिका २ नं.वडा कमिटीको आयोजनामा भएको पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेस, समाजबादी पार्टी र स्वतन्त्र गरी डेढ सय व्यक्ति नेकपामा प्रवेश गरेको आयोजकले बताएको छ ।

पार्टी प्रवेश कार्यक्रममा नेकपा केन्द्रिय सदस्य तथा राष्ट्रिय सभा सदस्य विमला घिमिरे, जिल्ला अध्यक्ष झविलाल पोख्रेल, प्रदेश कमिटी सदस्य कृष्ण पौडेल, जिल्ला नेता तथा नगरका उपमेयर चक्र अर्याल, वाणगंगा नगर कमिटी अध्यक्ष शंकर पाण्डे, सचिव टेकेन्द्र क्षेत्री, वडा नं. २ का वडाध्यक्ष विष्णु पौडेल लगायतले पार्टीको सदस्यता पत्र दिएर नेकपा प्रवेश गराएको सो कार्यक्रम वडा कमिटी अध्यक्ष नहकुल शाहीको अध्यक्षता र हरिराम थारुको संचालनमा सम्पन्न भएको थियो ।


प्रकाशित : २०७७ भाद्र ३०, मंगलवार १६:१३