घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तुका प्रमुख राजन केसीको बिदाइ, बस्याललाई स्वागत

[sharethis-inline-buttons]

लुदअ, भाद्र ३० ।

घरेलु तथा साना उद्योग कार्यलय कपिलवस्तु तौलिहवाका प्रमुख राजन केसीलाई बिदाइ गरिएको छ । आज बसेको कपिलवस्तु उद्योग वाणिज्य संघको २९ औं नियमित बैठकमा उद्योगका प्रमुख केसीलाई बिदाई गरिएको हो । के.सी यातायात व्यवस्था कार्यालय सवारी रुपन्देहीमा सरुवा भएर जान लागेका हुन् ।

मंगलबार नै उद्योगका प्रमुख कालिदास बस्याललाई स्वागत गरिएको छ । कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालय तौलिहवाका प्रमुख राजन केसीलाई मायाको चिनो प्रदान गरिएको थियो ।

कार्यलयसंग सहकार्य गर्दै अगाडी बढेको वाणिज्य संघको नियमित बैठकले संस्थाका पूर्व कार्यसमिती सदस्य विष्णु पौडेलको आमाको निधनप्रति शोक प्रस्ताव पेश गरेको कपिलवस्तु उद्योग वाणिज्य संघले जनाएको छ ।


प्रकाशित : २०७७ भाद्र ३०, मंगलवार १६:५२