थानेश्वर अधिकारी ।
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालसँग आवद्ध तथा गीतसंगीत सँग सम्बन्धित पेशा व्यवसाय गरेर बस्ने जो कसैलाई खाद्यान्न तथा कुनै समस्या भएका राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले सहयोग गर्ने भएको छ ।
आज प्रतिष्ठानका महासचिव सुवास के.सी. र अध्यक्ष रमेश बि.जी.द्धारा संयुक्त रुपमा हस्ताक्षर गरी जारी बिज्ञप्तीमा सो कुरा जनाइएको छ । बिज्ञप्तीमा भनिएको छ कोरोना भाइरस (कोभिड–१९) का कारण विश्वनै कोरोनाको कहरबाट गुज्रिरहेको अवस्थामा सबै क्षेत्र आक्रान्त भएको बेला गीत संगीतको क्षेत्र पनि त्यसबाट अछुतो हुन सकेन । सम्पुर्ण गीतसंगीत सँग सम्बन्धित पेशा व्यवसायी तथा आम नेपालीलाई पर्न गएको समस्याप्रति राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल परिवार चिन्तित हुदै सरकारको निर्देशन पालना गरी सबै जना घर भित्र बस्न आग्रह गर्दछौ ।
कोरोनाको संक्रमणलाई मध्य नजर गर्दे नेपाल सरकारले यही चैत २५ गते सम्म दोस्रो चरणको लकडाउन गरेको अवस्थालाई मध्य नजर गर्दे प्रतिष्ठानले सो आग्रह गरेको छ । जसको लागी संस्थाका अध्यक्ष रमेश बि.जी., नि.वर्तमान अध्यक्ष बद्रि पंगेनी, महासचिव सुवास के.सी. र कोषाध्यक्ष राजु ढकाललाई मोवाइल मार्फत सम्पर्क गर्न बिज्ञप्तिमा भनिएको छ ।