लकडाउनको समयमा वाणगंगा ७ का ८० गरिव परिवारलाई राहत वितरण

[sharethis-inline-buttons]

हरि आचार्य कपिलवस्तु, चैत १८
कोराना भार्ईरस कोभिड १९ को संक्रमण विश्व महामारीको रुपमा फैलिरहेको अवस्थामा सरकारले लकडाउन घोषणा गरे संगै सामान्य घर परिवारलाई आर्थिक संकटले सताउन सुरु गरेको छ । सोहि विषम परिस्थितीलाई मध्यनजर गर्दै कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नंं.ल ७ को वडा कार्यालयले गरिव, विपन्न तथा दैनिक मजदुरी गरी साँझ विहानको छाक टार्ने घरपरिवारहरुको घाउमा मलम लगाएको छ ।

वडाले विभिन्न संघ संस्था तथा व्यक्तिहरुसंग समन्वय गरि गरिव, विपन्न तथा दैनिक मजदुरी गरी साँझ विहानको छाक टार्ने मोतिपुरडाँडा, धैरेनी डाँडा, कोईलि बनगाई, घेरवा बनगाई, मोतिपुर का ८० घरपरिवारलाई राहत वितरण गरेको छ । उनीहरुको घरमै पुगेर प्रत्येक घरपरिवारलाई ५ किलो चामल, १ किलो दाल, १ किलो नुन र १ किलो बन्दा प्रदान गरिएको वडाअध्यक्ष विष्णु गिरीले जानकारी दिएका छन् । उनले यो विषम पस्थितीमा आर्थिक समस्याले कोहि पनि वडावासी भोकै बस्न नपरोस भन्ने उद्देश्यले राहत वितरण गरिएको बताएका छन् ।

प्रत्येक टोल विकास संस्थाले विपन्न, गरिव परिवारहरुको विवरण संकलन गरि वडामा बुझाएका थिए सोहि आधामा नामावली छनौट गरि निरन्तर रुपमा राहत वितरण गरिने वडाकार्यालयले जनाएको छ । लकडाउनको अवस्थामा वडाले गरिव तथा विपन्न वर्गहरुको घाउमा मलम लगाएको छ । त्यस्तै वडाले कोरोना भाईरसको विपत्ति मुलुकमै नआवोस भन्दै सचेत गराउदै वडाले विभिन्न देशहरुमा वैदेशिक रोजगारीमा गएर फर्किएका व्यक्तिहरुलाई क्वारेन्टाईनमा राख्नका लागि विवरण संकलन गर्ने कार्य गरिरहेको छ ।


प्रकाशित : २०७६ चैत्र १८, मंगलवार ०७:१४