संविधानको सफल कार्यन्वयन अहिलेको आवश्यकता अधिकारी

[sharethis-inline-buttons]

लुदअ ३ जेठ ।

लामो समयको संघर्ष र बलिदानी स्वरुप नेपालमा बिश्वकै उत्कृष्ट संविधान बनेको संविधान सभा सदस्य बलराम अधिकारीले बताएका छन् । यो संविधान निर्माणको फलस्वरूप देशमा आज गणतन्त्र स्थापना भइ देश संघीय संरचनामा गएको संविधान सभा सदस्य अधिकारीले बताएका छन् ।

आज छैटौं संविधान दिवसको अवसरमा लक्ष्मणघाट सामाजिक बिकास केन्द्रको आयोजनामा बाणगङ्गा नगरपालिका वडा न ६ लक्ष्मणघाटको आयोजना गरिएको सो कार्यक्रममा बाणगङ्गा नगरपालिका वार्ड न ६ का अध्यक्ष सुकदेव थारुले संविधानले प्रद्दत गरेको अधिकारको सफल कार्यान्वयन अहिलेको आवश्यकता रहेको बताएका छ्न । कार्यक्रममा नेपालको नक्सा र झन्डा कोरी संविधानको सफल कार्यन्वयनको कामना सहित दिप प्रज्वलन गरिएको थियो ।

सो अवसरमा रास्ट्रीय लोक तथा दोहोरी गीत प्रतिष्ठान कपिलवस्तु सदस्य तथा कलाकार दिनेश रन्जनले देशभक्ती पुर्ण गीत प्रस्तुत गरेका थिए कार्यक्रम सस्थाका अध्यक्ष रन बहादुर काउचाको अध्यक्षता र सचिव थानेश्वर अधिकारीको संचालनमा सम्पन्न भएको सो कार्यक्रममा सामुदायिक बन उपभोक्ता महासङ्ग जिल्ला अध्यक्ष हुमनाथ भट्टराई ,नेकपा वडा सचिव माधव खनाल, समाजेवी बुद्धिजिवी लेस बहादुर के.सी. ठाकुर पोख्रेल, खडक बहादुर थापा, अभिराम न्यौपाले, संस्थाका उपाध्यक्ष ओम प्रकाश पौडेल, कोषाध्यक्ष सन्दिप न्यौपाने, सदस्यहरु अंजित खनाल, बिरेन्द्र रेग्मी, भोजराज बञ्जाडे, दिनेश चौधरी र समाजसेवी तुल्सा थापा, मीना काउचा,सुरन कंडेल, बाुराम बस्नेत, थानेश्वर भट्टराई, झंम्केश्वर खनाल, जिवन काउचा , बिनोद गन्धर्व, केशव गिरी, रमेश बि.क.लगाएतको उपस्थिति रहेको सस्थाका कोसाध्यक्ष सन्दिप न्यौपानेले जानकारी दिएका छन् ।

यसै गरी आज नै बाणगंगा नगरपालिका वार्ड नं ६ सुठौली, बैदौली वार्ड नं ७ बनगाई, बुद्धभुमी नगरपालिकाको गोरुसिंगे, इमिलिया लगायतका स्थानहरुमा दिप प्रज्वलन गरी संविधान दिवश मनाइएको छ ।


प्रकाशित : २०७७ आश्विन ३, शनिबार १८:०४