ताजा अपडेट

रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

अतिरिक्त कक्षा व्यवस्थापन निर्देशिका मान्य छैन : त्रि. बि. आंशिक प्राध्यापक संघ

लुम्बिनी दर्पण २०७७ आश्विन ४, आईतवार ०८:२८
[sharethis-inline-buttons]

लुदअ कपिलवस्तु, असोज ४

त्रिभुवन विश्वविद्यालयले यसै शैक्षिक सत्रदेखि कार्यान्वयनमा ल्याएको त्रिवि अतिरिक्त कक्षा व्यवस्थापनको निर्देशिका २०७७ खारेजीको माग गर्दै त्रिवि आंशिक प्राध्यापक संघले विरोध जनाएको छ । त्रिविमा लामो समयदेखि कार्यरत आंशिक प्राध्यापकहरूलाई विस्थापित गर्ने तरिकाले निर्देशिका आएको भन्दै आफूहरू त्यसको खारेजीका लागि आन्दोलनमा उत्रेको संघकी अध्यक्ष चन्द्रवदना राईले आयोजित पत्रकार सम्मेलनमा बताइन्। उनले निर्देशिका आंशिक प्राध्यापकहरूको हितमा नरहेको औंल्याइन्।

‘त्रिविले नेपाल आंशिक प्राध्यापक संघसँग विगतमा विभिन्न समयमा गरेका सम्झौताहरू तत्काल कार्यान्वयनका लागि हाम्रो जोडदार माग छ,’ अध्यक्ष राईले भनिन्, ‘त्रिविअन्तर्गतका आंगिक क्याम्पसहरूमा प्राध्यापनरत एक शैक्षिक सत्र पूरा गरेका र त्रिविले तोकेको न्यूनतम कक्षाभार लिएका आंशिक प्राध्यापकहरूलाई तत्काल करार गर्नुपर्ने र विश्वविद्यालयले आंशिकलाई विस्थापित हुनेगरी जारी गरेको निर्देशिका एक साताभित्र खारेजी गर्नुपर्ने हाम्रो मुख्य माग हो। हाम्रो माग सुनुवाइ नभए सशक्त संघर्षका कार्यक्रम घोषणा गर्नेछौं।’

निर्देशिकाका परिच्छेद ४ मा अतिरिक्त कक्षाका लागि शिक्षकलाई कक्षाभार तोक्दा अनिवार्य रूपमा अवलम्बन गर्नुपर्ने व्यवस्थामा उल्लेख गरेअनुसार क्याम्पसको हकमा सम्बन्धित विषयको विभागीय प्रमुखले क्याम्पस प्रमुख, सहायक क्याम्पस प्रमुखको उपस्थितमा विद्यार्थीको भर्ना रजिस्ट्रार र वास्तविक विद्यार्थी संख्याका आधारमा कक्षाभार बाँडफाँड गर्नुपर्नेछ। यसरी कक्षाभार बाँडफाँड गर्दा पूर्णकालीन शिक्षकबाट नै बाँकी भएका अतिरिक्त कक्षा लिनुपर्ने प्रेरित गरिनुपर्ने व्यवस्था गरेको छ। यसका साथै त्रिवि सेवानिवृत्त शिक्षक, सेवा आयोगबाट वैकल्पिक सूचीमा परेका र लिखित परीक्षाको उत्तीर्ण व्यक्तिले अतिरिक्त कक्षा लिन चाहे पहिलो प्राथमिकता दिनुपर्ने निर्देशिकाले व्यवस्था गरेको छ।

‘यसको अर्थ निर्देशिकाले सिधै आंशिक प्राध्यापकहरूलाई त्रिविबाट विस्थापित गर्न खोजेको प्रस्ट हुन्छ,’ संघका संरक्षक शशीकुमार शर्माले भने, ‘निर्देशिकाले २०७२ असार मसान्तअघिका आंशिकको हकमा विभागीय प्रमुखको सहमतिमा त्रिविले कोर्स सम्झौता गरी अतिरिक्त कक्षाभारको व्यवस्थापन गर्न सक्ने र यसपछिको हकमा प्रतिस्पर्धात्मक प्रतियोगिताबाट प्रक्रियाबाट सफल भएकालाई मात्र अतिरिक्त कक्षाभारको व्यवस्थापन गर्न सकिने व्यवस्थाले आंशिकबीच भाँडभैलो उत्पन्न गराउन खोजेको छ। ’ उनले थपे, ‘हामी आंशिक प्राध्यापकहरूलाई कुनै पनि अवस्थामा यो निर्देशिका मन्जुर छैन। खारेजीको विकल्प छैन।’

यसैगरी निर्देशिकाले परिच्छेद ६ मा गरेको व्यवस्थाअनुसार क्रेडिट प्रणालीअनुसार कक्षा लिन प्रतिक्रेडिट १५ हजार रुपैयाँका दरले र वार्षिक प्रणालीअनुसार प्रतिपिरियड ५ सयका दरले १ सय ५० घन्टाको हुने पारिश्रमिक कोर्स पूरा भएपछि एकमुष्ट वा समझौताअनुसार भुक्तानी गर्नुपर्नेछ। प्रतिकक्षाको समय एक घन्टाको हुनेछ। सेमेस्टर प्रणालीको हकमा पाँच महिना र वार्षिक प्रणालीको हकमा १० महिना अध्यापन गर्ने अवधिलाई आधार मानी सम्झौताअनुसार भुक्तानी गरिने र सेमेस्टर वा वार्षिक प्रणालीअनुसार कक्षा लिइसकेपछि हरेक दिन आफूले लिएको कक्षाको लगबुक भर्नुपर्ने व्यवस्था पनि निर्देशिकाले गरेको छ।

 


प्रकाशित : २०७७ आश्विन ४, आईतवार ०८:२८

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति
  • वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत
  • प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग
  • वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस
  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
प्रतिक्रिया

यो पनि पढौँ

विजयनगरमा १ करोडको विद्यालय भवन शिलान्यास

लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

हार मानेनन् ऋषिराम: संघर्षले लेखेको जीवन

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

शिक्षामा राजनीति होइन, दलीयकरण भयो : गगन थापा

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण

कपिलवस्तुका दुई वडा बालमैत्री घोषणा

धान उत्पादन बढाउन र कृषि आत्मनिर्भरताका लागि प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री आचार्य

अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

कक्षा १२ को नतिजा सार्वजनिक

भर्खरै

  • रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

  • रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक


  • पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech