हरि आचार्य कपिलवस्तु, चैत १८
विश्वव्यपि रुपमा फैलिरहेको कोरोना भाईरस अर्थात (कोभिड १९) विरुद्ध लड्नका लागि कपिलवस्तु जिल्लाका सबै स्थानिय तहमा क्वारेन्टाईन निर्माण गरिएको छ । पिलवूस्तुका जिल्लाका १० स्थानिय तहमा निर्माण गरिएको ३ सय १९ क्वारेन्टाईन बेडमा १ सय ८२ जना मध्ये ५ जना डिस्जार्च भई घर फर्केसंगै अहिले क्वारेन्टाईनमा १ सय ७७ जना रहेका छन् । त्यस्तै आईसुलेन बेड ८ वटा रहेका छन ।
जिल्लाको कृष्णनगरमा १ सय १, महाराजगंजमा ३५, विजयनगरमा ५०, शिवराजमा १४, वाणगंगामा २२, यशोधरामा ६, कपिलवस्तुमा २६, बुद्धभूमिमा ५, मायादेवीमा ३० र शुद्धोधनमा ३० वेड गरी जम्मा ३ सय १९ बेडको क्वारेन्टाईन निर्माण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । त्यस्तै शिवराजमा २, वाणगंगामा २ र कपिलवस्तुमा ४ गरि जम्मा ८ आईसुलेशन बेड निर्माण गरिएको छ भने आईसुलेशनमा कसैलाई पनि राखिएको छैन ।
रोजगारीका लागि भारत र खाडी लगायत तेस्रो मुलुकबाट फर्केकाहरुलाई जनप्रतिनिध र प्रहरीले धमाधम खोजेर क्वारेन्टाईन पठाईरहेको प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले जानकारी दिएका छन् ।