
लुदस, कपिलवस्तु
कपिलवस्तुको बाणगंगा ६ बनकसिया क्षेत्रमा ५ विगाहा धान डुवानमा परेको छ ।
३ दिनदेखि परेको अविरल वर्षाको निकास थुनिदा बनकसिया सुठौली जोड्ने बाटो आसपासको खेती डुबानमा परेको स्थानिय किसान राम वचन थारुले बताए ।
बर्षौदेखि बहाव क्षेत्र रहेको निकासमा न्यू कालिका वालुवा प्रशोधन उद्योगले नदिजन्य पदार्थ डम्पिङ गरेपछी निकास थुनिदा डुवानमा परेको स्थानियले बताएका छन् ।
पट्क पट्क निकास खोल्न आग्रह गर्दापनी अटेर गरेको र आफ्नो नम्बरी जग्गामा जे पनी गर्न पाउने भन्दै संचालकले अटेर गर्दा पाकेर काट्न तयार भएको धान डुवेको कृषक देव नारायण थारुले दु.खेसो व्यक्त गरे । यसरी निकास थुनिएपछी किसानको धान डुब्नका साथै बाटोमा हिडडुल गर्न समेत कठिन भएको स्थानिय दिपक थारुको भनाई छ ।
स्थानियले यस समस्याको तत्काल समाधान गरिदिन वडा नं ६ को कार्यालयमा समेत लिखित जानकारी पेश गरेका थिए । वडा अध्यक्ष सुकदेव थारुले स्थलगत निरिक्षण गर्दै बैठकबाट समाधान निकाल्ने बताएपनी हालसम्म कुनै पहल नभएको स्थानियले बताए ।

