नवलपरासिको दुम्कीवासमा स्कुटी दुर्घटना : कपिलवस्तुका केसीको मृत्यु

ByLumbini Darpan Online

१८ चैत्र २०७६, मंगलवार ०९:३४ १८ चैत्र २०७६, मंगलवार ०९:३४ १८ चैत्र २०७६, मंगलवार ०९:३४

लुदअ कपिलवस्तु, चैत्र १८
नवलपसारी (पुर्व)को विनयी त्रिवेणी गाउँपालिका १ दुम्कीवासमा भएको सवारी दुर्घटनाबाट कपिलवस्तुका एक युवाको ज्यान गएको छ । सवारी दुर्घटनामा परी कपिलवस्तु बुद्धभुमी नगरपालिका २ गोरुसिंगेका ३६ वर्षिय पदम बहादर केसीको घट्नास्थलमै मृत्यु भएको हो । मंगलवार विहान बा ४३ प ४६८३ नम्वरको स्कुटी अनियन्त्रित भई दुर्घटना भएको थियो ।

स्कुटीमा सवार रेशुंगा नपा ७ का नेत्र वहादुर थापा क्षेत्री सामान्य घाईते भएका छन । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपसारी (पुर्व) का अनुसार उनी काठमाण्डौवाट अर्घाखाची तर्फ आउँदै गरेका थिए । मृतक केसी काठमाण्डौमा व्यापार गर्दै आएका थिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *