अर्घाखाँचीमा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा संरक्षण क्षेत्र समन्वय समिति गठन

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

थानेश्वर अधिकारी, कपिलवस्तु ।

अर्घाखाँची जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालको संयोजकत्वमा ९ सदस्यीय जिल्ला स्तरीय संरक्षण विषयगत क्षेत्र समन्वय समिति गठन गरिएको छ ।

युएनएफपिएको सहयोग तथा सिद्धार्थ सामाजिक विकास केन्द्र,कपिलवस्तु को समन्वयमा अर्घाखाँची जिल्लाको शितगंगा नपा वार्ड नं. १२ तथा पाणिनी गाँउपालिकामा अविरल बर्षाका कारण गएको बाडी तथा पहिरोमा परि क्षति हुन पुगेका घर परिवारका ६६ जना महिलाहरुका लागि मर्यादा किट र १४ जना किशोरीहरु लागि तत्काल अति आवश्यकीय सामाग्रीहरु (म्याक्सी, चोलो, पछयौरा, पेटिकोट, बुरुस, मन्जन, काइयो, भित्री वस्त्र, तौलीया गम्छा, सारी धोती, महिनावारी कपडा, नुहाउने साबुन, कपडा धुने साबुन, नङ कट, टर्च लाइट, झोला) सहितको किशोरी किट शितगंगा नपा १२ का वडा अध्यक्ष बाबुराम गैरे तथा पाणिनी गाँउपालिका उपाध्यक्ष लक्ष्मी गौतम, वडा अध्यक्ष जिवलाल घिमिरेलाई सिद्धार्थ सामाजिक विकास केन्द्रका सचिव रोमकान्त घिमिरे र कार्यक्रम फोकल पर्सन त्रिलोचन घिमिरेद्धारा राहत तथा अत्याबश्कीय सामाग्री हस्तान्तरण गरिएको छ । कार्यक्रममा युवा तथा किशोर किशोरी लक्षित कार्यक्रमका कार्यक्रम सहायक श्रीधर पोख्रेल लगायतको उपस्थिती रहेको थियो ।

 

यसै गरी संस्थाले लक डाउनको अवधीमा बिभिन्न चरणमा गरी प्रदेश नं ५ भित्रका बिभिन्न स्थानिय तहहरुमा राहत तथा स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको सचिव घिमिरेले जानकारी दिएका छन् ।


प्रकाशित : २०७७ आश्विन १२, सोमबार ०७:३६