स्थापना दिवसमा हेल्प फर ह्याप्पिनेस कपिलवस्तु अस्पताल र सुधार केन्द्रसंग

लुदअ कपिलवस्तु, असोज ११

संस्थाको ५ औँ स्थापना दिवस हेल्प फर ह्याप्पिनेस कपिलवस्तुले उदाहरणिय कार्य गर्दै मनाएको छ । विशेष गरि स्थापना दिवसको अवसरमा हेल्प फर ह्याप्पिनेस कपिलवस्तुले स्थापना दिवसमा फजुल खर्च गरेर मनाउन भन्दा सामाजिक कार्य गरी मनाएको संस्थाका जिल्ला अध्यक्ष निर्मल शर्माले जानकारी दिए । स्थापना दिवसको अवसरमा कपिलवस्तु सामुदायिक अस्पताल जितपुर र राजेश आस्था फाउन्डेसन बाणगंगा १ बैरियामा फलफुल र जुस बितरण गरेको हो ।

संस्थाका जिल्ला अध्यक्ष निर्मल शर्माले संस्थाको जन्मोत्सवमा अनावश्यक खर्च नगरी लागु पदार्थ दुवर््यसनमा फसेका र अस्पतालका विरामीहरुको घाउमा मलम लागाउनका लागि उक्त कार्य गरिएको बताए । उनले हरेक संघ संस्थाले सामाजिक कार्य गर्दै जन्मोत्सव मनाउनुपर्नेमा जोड दिएका थिए ।

संस्थाका जिल्ला अध्यक्ष निर्मल शर्माको अध्यक्षता, तरुण दल कपिलवस्तुका जिल्ला सभापति शक्ति सिं ठकुरीको प्रमुख आतिथ्यता, नेविसंघ क्षेत्रीय सभापति चन्द्रकान्त पोख्रेल, तिलक थापा , दिनेश क्षेत्री, सुशील सिङ ठकुरी, राजेश आस्था फाउन्डेसनका अध्यक्ष किरण सिं ठकुरी लगायतको आतिथ्यता तथा सचीव सुशान्त पोख्रेल र सहसचिव विशाल अधिकारीको सञ्चालनमा सम्पन्न भएको थियो ।

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *