तस्करी र लागु औषध निर्मुल पार्न पत्रकारहरुको प्रहरी निरिक्षकलाई सुझाव

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदस, कपिलवस्तु
तस्करी र लागु औषध निर्मुल पार्न पत्रकारहरुले हालै सरुवा भई इलाका प्रहरी कार्यालयमा आएका प्रहरी निरिक्षक दिपक गुरुङ्गलाई सुझाव दिएका छन् ।

जिल्लाको बाणगंगा क्षेत्रमा व्यापक नदिजन्य पदार्थ , काठपात, धनमाल चोरी डकैती वढी हुने क्षत्र रहेको हुदा कसैको प्रभाव , अभाव, र दवावमा नगर्न प्रहरी निरिक्षकलाई सुझाव दिएका हुन् ।

पछिल्लो समय यस क्षेत्र आसपासका होटलहरुमा देह व्यापार , लागु औषध समेत भैरहेको हुदाँ यसमा समेत विशेष चासो दिनुपर्ने बताएका छन् । ईलाका प्रहरी कार्यालय पिपराको प्रमुखको रुपमा रुकुमबाट सरुवा भई आएका गुरुङ्गले पत्रकारहरुसंग आयोजित परिचयात्मक कार्यक्रममा पत्रकारहरुले यी कुरामा ध्यान दिनुपर्ने बताएका हुन् ।

पत्रकारहरुका धारणमा बोल्दै गुरुङ्गले बाणगंगा नदि तस्करी हुने विषयलाई कडाईका साथ रोक्न आफुलाई डि.आ.जी ,जिल्लाका एस.पि देखि नै मुख्य प्राथमिकताका साथ कुरा आएको बताउदै आफुले यहाँ रहदा
आफु मातहतका प्रहरी संगठनले प्रहरी को मुल्य मान्यतालाई कायम राख्दै जन भावना अनुसार कार्य गर्ने बताएका छन् । उनले कानुन भन्दा माथि कोही नभएको भन्दै कसैको दवावमा वर्दिको शान नघटाउने वरु संगठन नै त्याग्ने समेत बताए ।

उनले प्रहरी एक्लैले सवै गर्न नसक्ने बताउदै यसमा समाजका अगूवाहरुले समेत राम्रो कदम चाल्दै प्रहरीलाई सहि सुचना, समयमा जानकारी , र गलत कार्यमा ध्यानाकर्षण समेत गराउनुपर्ने कुरामा जोड दिएका थिए । कार्यक्रममा नेपाल पत्रकार महाँसघका सचिव हरि अधिकारी, सह– सचिव मोहन बेल्वासे , सामुदायिक रेडियो प्रशारक संघ कपिलवस्तुका संयोजक चन्द्रकान्त न्यौपाने , लगाएत स्थानिय संचार माध्यमका प्रमुख एवम् प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।


प्रकाशित : २०७७ आश्विन १४, बुधबार ०५:५८