प्रदेश नं ५ को स्थायी राजधानी कपिलवस्तु बनाउँन अभियानकर्मीको माग

ByLumbini Darpan Online

१७ आश्विन २०७७, शनिबार १४:३४ १७ आश्विन २०७७, शनिबार १४:३४ १७ आश्विन २०७७, शनिबार १४:३४

लुदअ, जितपुर ।

प्रदेश नं ५ को स्थायी राजधानी कपिलवस्तु बनाउँन कपिलवस्तु स्थायी राजधानी अभियानले माग गरेको छ । अभियानको आज बसेको आकस्मीक बैठकबाट प्रदेश मन्त्री परिषदको बैठकले प्रदेश नंं ५ को स्थायी राजधानी देउखुरी,भालुवाङ्ग क्षेत्र तोकेको बिषयमा मार्फत गंभिर ध्यानआकर्षण भएको बताएको छ ।

बैठकले ऐतिहासिक, भौगोलिक, जनसंख्या, क्षेत्रफल र सुरक्षा लगायतका सबै हिसावले कपिलवस्तु स्थायी राजधानी उपयुक्त रहँदा रहँदै पनि कपिलवस्तुलाई उपेक्षा गरिनु कुनै पनि हिसाबले मुनासिव नभएकोले ठहर गरेको छ । बैठकले उक्त निर्णय सच्चाई कपिलवस्तुलाई नै स्थायी राजधानी तोक्न सम्बन्धित निकायको ध्यानाकर्षण गरेको छ ।

यदि यस निर्णय नसच्चाई बेवास्ता गरेमा चरणवद्ध आन्दोलनका कार्यक्रमहरु तय गरिने अभियानका संयोजक पोमनारायण पौडेलले बताएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *