गत भाद्र १७ गते राति भूजिखोलामा आएको बाढि पहिरो प्रभावित क्षेत्रका बाढीपहिरो पीडितहरुका लागि ढोरपाटन राहत संकलन समिति कपिलवस्तुले ,ढोरपाटन नगरपालिका-९ सुकुटे पुगेर राहत हस्तान्तरण गरेको छ । अघिल्लो महिना भुजिखोलामा आएको बाढीले ढोरपाटनमा जनधनको ठुलो क्षति भएपछि राष्ट्रिय जनमोर्चा कपिलवस्तुका नेता केरसिंह अदैको पहलमा कपिलवस्तुमा सहयोग संकलन गरिएको थियो ।
यसरी संकलन गरिएको राहत सामग्री संकलक अदैले ढोरपाटन नगरपालिका वडा नं ९ का अध्यक्ष हरि बहादुर घर्ति र वडा नं ७ का वडा अध्यक्ष दीपक थापाको रोहबरमा वितरण गरिएको बताइएको छ । बोबाङका बाढीप्रभावित पूणर् विस्थापित ९७ घर परिवार , आंशिक क्षति भएका ४३ घर परिवारलाई १४० थैली चिउरा, ९७ थान कम्बल, ९७ थान सिरानी, ९७ थान च्यादर, र बिस्कुट वितरण गरिएको राहत संकलन अदले बताए ।
बागलुङबाट बसाइँ सरी कपिलवस्तुमा बसोबास गर्नेहरुले केरसिंह अदैको संयोजक तत्व मा ११ सदस्सीय सहयोग समिति गठन गरेको थियो । सोही समितिले २ लाख १३ हजार नगद रकम जम्मा गरेर सहयोग हस्तान्तरणन गरेको अदैले बताउनुभयो । सहयोग हस्तान्तरण कार्यक्रममा संयोजक केर सिंह अदै, जुद्ध बहादुर कार्की, लोकराज गिरी सहभागी रहेको उनले बताए ।
यसैबीच सोही राहत संकलन टिमले बाढि प्रभावित क्षेत्रका दुई जना बाढी पीडित विद्यार्थीलाई १२ कक्षासम्मको पढाई खर्चको लागि कोष स्थापना गरिएको संयोजक अदैले प्रतिवद्धता जनाए । बोबाङको ज्ञानोदय माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत बाढीका कारण घर गुमाएका ढोरपाटन नगरपालिका महेन्द्र पुन, र वडा न ८ सुप्रङकी बुबा गुमाएकी र घरबास नभएकी कक्षा ८ मा अध्ययनरत सजना विकलाई पढाउन कपिलवस्तुमा कोष स्थापना गरिने भएको छ ।