ट्राफिक प्रहरी द्वारा कृष्णनगरमा नागरिक सहायता कक्ष /

[sharethis-inline-buttons]

अजय मित्र
कपिलवस्तुको कृष्णनगरमा ट्राफिक कार्यालय कृष्णनगर द्वारा कृष्णनगरको बस पार्कमा नागरिक सहायता कक्ष स्थापना गरिएको छ । नजिकिएको चाडपर्वलाई लक्षित गरेको नागरिक सहायता कक्ष स्थापना गरिएको छ ।

जिल्ला ट्राफिक कार्यालय कपिलवस्तुको समान्वयमा ट्राफकि कार्यालय कृष्णनगरले नागरिक सहायता कक्ष स्थापना गरेका हुन् ।

आउदैँ गरेको नेपालीहरुको महान चाड विजयादशमी, शुभ दिपावली र छठ पर्वको अवसरमा सवारी साधन र यात्रुहरुको चाप लाई मध्य नजर राखि यात्रुहरुलाई पर्न जाने सास्ती तथा गुनासो सुनुवाई गर्नुको साथै यात्रु मैत्री व्यवहार, तोकिएको भाडादर भन्दा बढि भाडा असुल गर्न खोज्नु जस्ता कार्यलाई निरुत्साहित गर्न नागरकि सहायता कक्ष स्थापना गरिएको ट्राफिक कार्यालय कृष्णनगर प्रमुख ट्राफिक प्रहरी सहायक निरिक्षक निरज गौतमले बताए ।

सहायता कक्ष ट्राफिक प्रहरी बिट भन्दा केही मिटरको दुरी मा स्थापना गरिएको छ । बिटबाटै नागरिकलाई प्रहरीबाट हुने सहयोग गर्ने ट्राफिक कार्यालय कृष्णनगर प्रमुख ट्राफिक प्रहरी सहायक निरिक्षक निरज गौतमले बताए । अघिल्ला वर्षहरुमा भन्दा यस वर्षमा कोरोनाका कारण फरक खालको सुचना ट्राफिक प्रहरीले नागरिकलाई दिने बताए ।


प्रकाशित : २०७७ आश्विन २७, मंगलवार ११:०२