वडा नं.७ को युवा लक्षित कार्यक्रम : ९० जना खेलाडीलाई खेलकुद सामग्री प्रदान

[sharethis-inline-buttons]

हरि आचार्य कपिलवस्तु, असोज २९

युग जनताका माग र वडावासीका समस्या समाधान गर्दै विगतका बर्षहरुमा नगरपालिकामै उत्कृष्ट बन्न सफल कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ७ को वडा कार्यालयले आर्थिक बर्ष २०७७÷७८ का लागि छनौट योजनामध्ये युवा लक्षित कार्यक्रमबाट सुरु गरेको छ । चालु आर्थिक बर्षका योजनाको सुभारम्भमा युवा लक्षित कार्यक्रम अन्तर्गत वडाका ९० जना खेलाडीहरुलाई खेलकुद सामग्री वितरण गरिएको छ । वडाले युवा लक्षित कार्यक्रम अन्तर्गत खेलकुदका सामाग्री वितरण गर्दै योजनाको सुरु गरेको हो ।

वडा कार्यालयको सभाहलमा एक कार्यक्रमको आयोजना गरी ९० जना युवा खेलाडीहरुलाई वडा कार्यालयको बजेट अनुसार १ लाख बराबरको खेल सामग्री हस्तान्त्रण गरिएको हो । वडा अध्यक्ष विष्णु गिरीले ४५ जनालाई जर्सि, फुटवल, पम्प र ४५ जनालाई किक्रेट खेलका ब्याट, बल, स्ट्याम, ग्लोब्स लगायतका सामाग्री हस्तान्त्रण गरेका हुन् ।

राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद भन्ने राष्ट्रको नारालाई आत्मसाथ गर्दै नगरस्तरिय तथा विभिन्न खेलकुदमा सहभागी वडाका युवा खेलाडीहरुलाई खेलकुदको माध्यमबाट कुलतबाट टाढा राखी वडाका खेलाडीहरुलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तर सम्म पु¥याउने उद्देश्यले सो कार्यक्रम गरिएको वडा अध्यक्ष गिरीले लुम्बिनी दर्पण अनलाइनलाई जानकारी दिए । खेलकुद सामग्री पाएपछि खेलाडीहरुले खुसी व्यक्त गर्दै वडालाई धन्यवाद व्यक्त गरेका छन् ।


प्रकाशित : २०७७ आश्विन २९, बिहीबार १७:२२