
हरि आचार्य कपिलवस्तु, चैत १८
विश्वव्यपि रुपमा फैलिरहेको कोरोना भाईरस अर्थात (कोभिड १९) विरुद्ध लड्नका लागि कपिलवस्तु जिल्लाका सबै स्थानिय तहमा क्वारेन्टाईन निर्माण गरिएको छ । कपिलवूस्तुका जिल्लाका १० स्थानिय तहमा निर्माण गरिएका ५ सय ६ क्वारेन्टाईन बेडमा ३ सय ७२ जना छन । जिल्लामा मंगलवार साझ सम्म कोरोना संक्रसमित भेटिएका छैनन् । त्यस्तै आईसुलेन बेड ८ वटा रहेका छन ।
जिल्लाको कृष्णनगरमा १ सय १, महाराजगंजमा ८०, विजयनगरमा १००, शिवराजमा १९, वाणगंगामा २९, यशोधरामा ६, कपिलवस्तुमा ३१, बुद्धभूमिमा ३०, मायादेवीमा ५० र शुद्धोधनमा ५० वेड गरी जम्मा ५ सय ६ बेडको क्वारेन्टाईन निर्माण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । त्यस्तै शिवराजमा २, वाणगंगामा २ र कपिलवस्तुमा ४ गरि जम्मा ८ आईसुलेशन बेड निर्माण गरिएको छ भने आईसुलेशनमा कसैलाई पनि राखिएको छैन । रोजगारीका लागि भारत र खाडी लगायत तेस्रो मुलुकबाट फर्केकाहरुलाई जनप्रतिनिध र प्रहरीले धमाधम खोजेर क्वारेन्टाईन पठाईरहेको प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले जानकारी दिएका छन् ।
स्थानिय तहले क्वारेन्टाईनको संख्या थपे पनि त्यहा बस्नेहरुले आफुहरुले खाना नास्ता नपाएको, शुद्ध पानी नपाएको, झुल न भएका जस्ता गुनासाहरु गरेका छन । तोकिएको मापदण्ड अनुसार क्वारेन्टाईन संचालन गर्नु पर्ने माग गरिएको छ । यस्तै कतिपय स्थानमा जन प्रतिनिधिहरुले चिनजानका बिदेशबाट फर्केकाहरुलाई क्वारेन्टाईनमा नबसाली सिधै घर पठाउने गरको समेत गुनसोहरु आएका छन । भारत र बिदेशबाट आएका जो सुकैलाई अनिवार्य क्पारेन्टाईनमा राख्नु पर्ने चर्को आवाज उठेको छ । यस्तै ज्वरो रुघा खोकीका बिरामीको जाँचमा समेत स्वास्थयकर्मी संवेदनशील हुनु पर्ने देखिएको छ ।

