प्रगति टोलविकास संस्थाको अध्यक्षमा पौडेल चयन

ByLumbini Darpan Online

२ कार्तिक २०७७, आईतवार ०२:१८ २ कार्तिक २०७७, आईतवार ०२:१८ २ कार्तिक २०७७, आईतवार ०२:१८

सागर पौडेल कपिलवस्तु, कात्तिक २

कपिलवस्तुको वाणगंगा नगरपालिकामा अहिले कोरोना माहामारिका कारण टोलविकास संस्थाको पुर्नगठन कार्य प्रभावित भएको छ । यसै बिचमा पनि केही टोलविकास संस्थाहरुको पुर्न गठन पक्रियालाई अगाडी बढाइएको छ ।

अहिले नगरपालिकाका १२ देखि १५ वटा टोलविकास संस्थाहरुको गठन पक्रिया सकिएको नगरपालिको जनाएको छ। कुल १ सय टोल विकास संस्थाहरु रहेको बाणगंगामा वडा नम्बर ६ को प्रगति टोलविकास संस्थाको गठन प्रक्रिया सकिएको छ ।

प्रगति टोलविकास संस्थाको अध्यक्षमा वेद प्रकाश पौडेल चयन भएका छन् । समितिको उपाध्यक्षमा श्याम प्रसाद खनाल, सचिव लक्ष्मण बहादुर खनाल, सह सचिवमा डिल्लिराज आचार्य र कोषाध्यक्षमा शारदा पोख्रेल चयन भएका छन् । त्यस्तै समितिको सदस्यहरुमा मिना गिरी, लक्ष्मी वि.क, शंकर प्रसाद अधिकारी र चुरामणी रायमाझी चयन भएका हुन् ।

टोलविकास संस्थाको गठन कार्यक्रममा वडा नम्बर ६ का वडा अध्यक्ष सुकदेव थारु सहित वडा सदस्यहरु, लक्ष्मण्घाट माविका प्रधानाध्यापक चेतनाथ पौडेल लगाएत स्थानियको उपस्थितिमा समिति सर्व सम्मत रुपमा चयन भएको हो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईले छुटाउनुभयाे कि?