दलित पत्रकार संघ प्यूठानको अध्यक्षमा सुनार

ByLumbini Darpan Online

२ कार्तिक २०७७, आईतवार १३:३४ २ कार्तिक २०७७, आईतवार १३:३४ २ कार्तिक २०७७, आईतवार १३:३४

लुदअ,कपिलवस्तु ।

राष्ट्रिय दलित पत्रकार संघ नेपाल जिल्ला शाखा प्यूठानको जिल्ला भेलाले लोकेन्द्र सुनारलाई अध्यक्षमा सर्बसहमतीबाट चयन गरेको छ । शनिबार आयुष्मा होटल जुम्रीमा भएको भेलाले १३ सदस्य रहेको जिल्ला समिति चयन गरेको हो ।जसको उपाध्यक्षमा कमल बि.क., सचिवमा बोम बहादुर परियार, कोषाध्यक्षमा बिन्दु परियार, सहसचिवमा रबिन बि.क. रहेका छन् । यस्तै सदस्यमा कुलचन्द्र बि.क., सुरेन्द्र नेपाली, सिता बि.क., ज्योती बि.क., गन बहादुर बि.क., प्रेम बि.क., केन्द्रप्रकाश पि.बि.लाई चयन गरेको र एक सदस्य जिल्ला समितिले मनोनित गर्ने नव निर्वाचित अध्यक्ष लोकेन्द्र सुनारले जानकारी दिएका छन् ।

भेलाले भुवन सिंह सुनिल सापकोटा, शम्सेर नेपाली, राम बहादुर बि.क.लाई सल्लाहकारमा मनोनित गरेको छ । समाजमा हुने बिभेदलाई अन्त्य गर्न आफुहरु शसक्त भएर कलम चलाउने अध्यक्ष सुनारले बताएका छन् । साथै सुनारले प्यूठानमा पत्रकार महासंघ स्थापना गर्ने स्वर्गीय सूर्य बहादुर बि.क.को दलित आन्दोलन तथा पत्रकारितामा पु¥याएको योगदानलाई कदर गदै लुम्बिनी प्रदेशमा जातिय बिभेद र दलित मुक्तिको लागी राम्रो काम गरी कलम चलाउने जो कोहीलाई पनी पुरस्कृत गर्ने गरी जिल्लामा २ लाख बराबरको अक्षकोष निमार्ण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

२०५८ सालमा पत्रकार महासंघ प्यूठानको संस्थापक सभापती रहेका बि.क.को कार दुर्घटनामा रुपन्देहीमा निधन भएको थियो । २०७६ सालमा स्थापना भएको राष्ट्रिय दलित पत्रकार सघंको ६३ औं जिल्ला शाखाको रुपमा प्यूठान रहेको केन्द्रिय अध्यक्ष संविधान सभा सदस्य बिनोद पहाडीले जानकारी दिएका छन् । पहाडीले दलित हक अधिकारका लागी मिलेर जाने उद्धेश्यले राष्ट्रिय दलित पत्रकार सघं नेपाल गठन भएको बताएका छन् । पहाडीले अझै पनि दलितका घटना केन्द्रिय मिडियामा खासै प्राथमिकता नपाउने गरेका छन् ।

शनिबार सम्पन्न भेलामा राष्ट्रिय दलित पत्रकार संघ नेपालका लुम्बिनी प्रदेश अध्यक्ष चिन्ता परियार, प्रदेशका सल्लाहकार संजिव गहतराज, दलित महिला संघ प्यूठानका जिल्ला अध्यक्ष लक्ष्मी परियार, एकिकृत नेपाल राष्ट्रिय बिश्वकर्मा समाज प्यूठानका महासचिव प्रबिण बि.क., सिलाई कटाई व्यवसायी सघं प्यूठानका अध्यक्ष खुम बहादुर परियार लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रम लोकेन्द्र सुनारको अध्यक्षता, प्रेम बि.क.को स्वागत र कमल बिकको संचालनमा सम्पन्न भएको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *