साना किसान जगदिसपुरको भवन र चिस्यान केन्द्र उद्धघाटन

[sharethis-inline-buttons]

लुदअ, जगदिसपुर ।

साना किसान कृषि सहकारी संस्था जगदिसपुरले आज एक कार्यक्रमका विच आफ्नै भवन र चिस्यान केन्द्रको उद्धघाटन गरेको छ । कपिलवस्तु नगरपालिकाकी उपप्रमुख लक्ष्मी गुप्ता , कपिलवस्तु नगरपालिका वडा ९ र १० का वडाध्यक्ष ले संयुक्त रूपमा रिवन काटेर उद्घाटन गरेका हुन् ।

साथै उनिहरूले धार्मिक विधि अनुसार पुजापाठ समेत गरेका हुन् । कार्यक्रममा साना किसान कृषि सहकारी संस्था मोतिपुरका अध्यक्ष भिम प्रसाद सापकोटा , प्रबन्धक सालिकराम पौडेल , समाजसेवी बुद्धिजीवी संस्थाका पदाधिकारी लगाएतको उपस्थिति रहेको थियो ।

साना किसान कृषि सहकारी संस्था जगदिशपुर का व्यवस्थापक बसन्त मुराउले उपस्थिति सवैलाई धन्यवाद तथा कृतज्ञता व्यत गरेका थिए ।


प्रकाशित : २०७७ कार्तिक ३, सोमबार १४:५६