वडा नं ७ द्धारा स्वयंसेविका र सहजकर्ताहरुका लागी साइकल बितरण

ByLumbini Darpan Online

५ कार्तिक २०७७, बुधबार १३:११ ५ कार्तिक २०७७, बुधबार १३:११ ५ कार्तिक २०७७, बुधबार १३:११

सागर पौडेल
कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ७ ले चालु आर्थिक वर्ष २०७७/०७८ को लक्षित वर्गको कार्यक्रम अन्तरगत बुधबार १३ जनालाई निःशुल्क साईकल प्रदान गरेको छ ।

वडा कार्यालयको भवन मोतिपुरमा आयोजना गरिएको कार्यक्रममा वडा अध्यक्ष विष्णु गिरीले वडा भित्रका स्वास्थ्य स्वयम्सेविका र वाल विकास सहजकर्ताहरुलाई एक एक थान साईकल र झोला प्रदान गरेका छन् ।

कार्यक्रम बाणगंगा नगरपालिका वार्ड नं ७ का वडा अध्यक्ष विष्णु गिरीको अध्यक्षता तथा संविधान सभा सदस्य बलराम अधिकारीको प्रमूख आतिथ्यता बाणगंगा नगरपालिकाका उप प्रमूख चक्रपाणी अर्यालको विशिष्ठ आतिथ्यता, नेपाल पत्रकार महासंघ जिल्ला शाखा कपिलवस्तुका अध्यक्ष डिलाराम भुषाल सहित टोल विकास संस्थाका अध्यक्षहरु, लगाएत विभिन्न संचारकर्मी तथा पत्रकारको आतिथ्यता सम्पन्न भएको थियो । कार्यक्रम नगर कार्यपालिका सदस्य साबित्रा थारुको स्वागत र वडा सचिव कृष्ण प्रसाद खनालको संचालनमा सम्पन्न भएको थियो ।

कार्यक्रममा वडा अध्यक्ष गिरीले वडाका स्वास्थ्य स्वयंंसेविका र वालविकास सहजकर्ताहरुका लागि वडाको महिला लक्षित कार्यक्रम अन्तरगत रु.एक लाख बिस हजारको लागतमा साईकल र लेडिज व्याग वितरण गरिएको जानकारी दिएका छन् । उनले वडाको विकासका लागि वडा समितिले हरेक क्षेत्रलाई समेट्दै लक्षित वर्गका कार्यक्रमहरुलाई पनि प्रभावकारी ढङ्गबाट संचालन गरिने बताएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *