दशैपछीको सेवा आफ्नै भवनबाट

[sharethis-inline-buttons]

लुदस, बनगाई

साना किसान कृषि सहकारी संस्था बनगाईले दशै पछिको सेवा आफ्नै भवनबाट दिने तयारी थालेको छ । यस अगाडी रहेको संस्था भन्दा करिव ७ सय मिटर पुर्व मा निर्माण सम्पन्न भएको भवनबाट सेवा दिने तयारी भैरहेको संस्थाका प्रबन्धक शालिकराम पौडेलले जानकारी दिनुभएको छ ।

करिव ३ करोडको लागतमा संम्पन्न भवन निर्माण भैरहेको बताईएको छ । सुविधा संम्पन्न सभा हल सहित को चार तल्ले भवनबाट कृषकहरुको सहजताका लागि कृषि यन्त्रका साथै पशु सुरक्षण , सदस्य सुरक्षण, ऋण विमा रहेको र कृषि बजार समेत संचालनमा ल्याउने योजना रहेको अध्यक्ष भिम प्रसाद सापकोटाले बताउनुभयो ।
संस्थाबाट कृषकहरुलाई सस्तो व्याजदरमा ऋण प्रवाह , रेमिट, पशुविमा , सदस्य सुरक्षण तथा वचतका कार्यहरु गर्दै आएको संस्थाका प्रबन्धकले बताउनुभयो ।
संस्थामा एसि जडित करिव १ सय जना अटने सभाहल रहेको छ । भने विभिन्न शाखा सहितको पहिलो र दोस्रो तल्ला कृषि वजार रहने बताईएको छ । नयाँ भवनमा सेवा दिनका लागि अझै केहि तयारी वाँकी रहेको र तिब्र गतिमा काम भैरहेको प्रबन्धक पौडेलले बताउनुभयो । आईतबार बाट आफ्नै भवनबाट सेवा दिने तयारी भएको जानकारी गराईएको छ ।


प्रकाशित : २०७७ कार्तिक १३, बिहीबार ०९:१४