
लुदस
इलाका प्रहरी कार्यालय कृष्णनगरको गस्ति टोलीले आज दिउसो भन्सार छलि ल्याएका ४ वटा रागा बरामत गरेको छ ।
जिल्लाको कृष्णनगर नगरपालिका ११ पट्ना भन्ने स्थानबाट भारतबाट भन्सार छलि ल्याउदै गरेको अवस्थामा फेला पारि भन्सार चलान गरिएको प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरिक्षक धर्मराज भण्डारीले बताए ।
भारतबाट लुकिछिपि ल्याएका राँगाहरु बहादुरगंज बजारमा ल्याई वैध बनाउदै देशका प्रमुख शहरहरुमा लैजाने गरेका छन् । पछिल्लो समय प्रहरीले पट्क पट्क राँगा तथा पाडाहरु बरामत गरेपनी सप्लाई गर्ने गिरोहहरु उम्कने गरेका छन् ।