छोरी शिक्षित भए घर र समाज नै शिक्षित हुने नगर प्रमुख शाहको भनाई

[sharethis-inline-buttons]

अजय मिश्र

कपिलवस्तुको कृष्णनगर नगरपालिकामा सञ्चालित उडान परियोजना अन्र्तरगत १ सय ५६ बालिकालाई साइकल वितरण गरिएको छ । कृष्णनगर नगरपालिका, सिद्धार्थ सामाजिक विकास केन्द्र र केयर नेपालको संयुक्त साझेदारीमा सञ्चालित उडान परियोजना अन्र्तरगत विधालयका बालिकालाई साइकल वितरण गरिएको हो ।
उडान किशोरी शिक्षाका बालिकाहरुलाई विद्यालयको वार्षिक परिक्षामा समावेश गराई उनीहरुको क्षमता अनुसार विद्यालयको विभिन्न कक्षामा भर्ना गरिएको कृष्णनगर नगरपालिका मेयर रजत प्रताप शाहले बताए । यस उडान छोरी शिक्षाले विद्यालय जान छोडेको र विद्यालय नगएका बालिकाहरुलाई नियमित विद्यालय अध्ययनमा महत्वपूणर् सहयोग पुग्ने शाहले विश्वास व्यक्त गरेका छन् ।
उडान बालिका कक्षा शिक्षाले अन्धकारमा बितिरहेको बालिकाहरुको उज्ज्वल भविष्यतर्फ प्रोत्साहनमा महत्वपूणर् भुमिकाको निर्वाह गरेको उनले बताए । “छोरी शिक्षित भए परिवारसहित पुरै समाज परिवर्तन हुन्छ अनि मात्र शिक्षित समुदायको कल्पना गर्न सकिन्छ” मेयर शाहले शिक्षा भन्दा ठूलो पुंजी केहि न रहेकाले, बालिकाहरुलाई निरन्तर विद्यालय पठाई शिक्षित परिवार बनाउन अभिभावकहरुसँग आग्रह समेत गरेका थिए ।

यस्तै सिद्धार्थ सामाजिक विकास केन्द्रका कार्यक्रम संयोजक नारायण घिमिरेले बालिकाहरुलाई विद्यालय जान प्रोत्साहन गर्न साइकल वितरण गरिएको बताए ।

उनीहरुलाई साइकलबाट विद्यालय आवतजावतमा सहज पनि हुने उनले बताए ।
विचैमा विद्यालय जान छोडेका र विद्यालय नगएका बालिकाहरुलाई खोजी उडान सिकाई केन्द्रमा एक वर्षसम्म कक्षा सञ्चालन गरी पुनः विद्यालयमा भर्नाका लागि सो कक्षा सञ्चालन गरेको घिमिरेको भनाई छ ।

कार्यक्रममा नगरपालिका प्रमुख रजत प्रताप शाह , सुदिप मौर्य, अमर श्रीवास्तव,लगायतको उपस्थिति रहेको भने कार्यक्रम फिल्ड अफिसर तापस कुमार मिश्रको सञ्चालनमा सम्पन्न भएको थियो ।


प्रकाशित : २०७७ कार्तिक २१, शुक्रबार १५:०८