शिवशक्ति टोल विकास संस्थाको अध्यक्षमा पोख्रेल चयन

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदअ २२ कार्तिक ।

शिवशक्ति टोल विकास संस्था, अमौलीको अध्यक्षमा देवी प्रसाद पोख्रेल चयन भएका छन् । आज बाणगंगा नगरपालिका वार्ड नं ६ अमौलीमा भएको भेलाले सर्व सहमतीबाट पोख्रेललाई अध्यक्षमा चयन गरेको छ । जसको उपाध्यक्षमा गुणनिधी पौडेल, सचिवमा रमेश प्रसाद चौधरी, कोषाध्यक्षमा सरस्वती गैरे सदस्यहरुमा हरी पाण्डे, हरिलाल थारु, धन बहादुर भट्टराई, रमा थारु ,राधिका पोख्रेल, रमा भट्टराई र गिरीराज घिमिरे रहेका छन् ।

हरेक २ बर्षमा टोल विकास संस्थाको पुर्नगठन गर्नुपर्ने व्यवस्था अनुरुप आज सो समिति पूर्नगठन गरिएको बाणगंगा नगरपालिका वार्ड नं ६ का वडाध्यक्ष सुकदेव थारुले बताएका छन् । आजको सो भेलामा वडाध्यक्ष सुकदेव थारु, लुम्बिनी दर्पण साप्ताहिकका कार्यकारी सम्पादक थानेश्वर अधिकारी, कपिलवस्तु ज्ञानज्योती शिक्षा सदन बैदौलीका प्रधानाध्यापक ठाकुर पोख्रेल, ,लक्ष्मणघाट सामाजिक विकास केन्द्रका उपाध्यक्ष ओम प्रकाश पौडेल, युवा व्यवसायी कृष्ण गैरे, वडा नं ६ की कार्यालय सहायक भगवती गैरे ,जिवन क्षेत्री लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा टोल विकास संस्थाले गरेका गतिबिधि र कार्यक्रमको बारेमा जानकारी गराइएको थियो । कार्यक्रम शिवशक्ति टोल विकास संस्थाका अध्यक्ष राधेश्याम चौधरीको अध्यक्षता र सचिव सृजना अधिकारीको संचालनमा सम्पन्न भएको थियो ।


प्रकाशित : २०७७ कार्तिक २२, शनिबार १०:३६