मदरसाका विद्यार्थीलाई स्टेशनरी

[sharethis-inline-buttons]

रामु यादव ,पकडी ।
कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नं. २ मनखोरियामा रहेको मदरसामा रहेका विद्यार्थीहरूलाई आज एक कार्यक्रमका बिच शैक्षिक सामाग्री वितरण गरिएको छ । मायादेवी गाउँपालिकाको सहयोग र मदरसा दारूस सलामको समन्वयमा करिव ४५ जना विद्यार्थीलाई झोला तथा स्टेशनरी वितरण गरिएको शिक्षक सलिम मुसलमानले बताए ।

कार्यक्रममा मदरसाका पुर्व अध्यक्ष मोहम्मद इसलाम मुसलमान सचिव एमामुद्दीन मुसलमान लगाएतको उपस्थिति रहेको थियो ।


प्रकाशित : २०७७ कार्तिक २४, सोमबार १५:४७