कोरोना संक्रमणबाट रुपन्देहिकी स्वास्थ्यकर्मी र कपिलवस्तुका वृद्धको ज्यान गयो

[sharethis-inline-buttons]

लुदस
कोरोना संक्रमणका कारण रुपन्देहीमा एक जना स्वास्थ्यकर्मीको मृत्यु भएको छ । जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिकास्थित मधुवनी स्वास्थ्य चौकीमा वरिष्ठ अनमी पदमा कार्यरत ४८ वर्षीया गोमा गुरुङको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

उपचारकै क्रममा भैरहवास्थित भिम अस्पतालमा उनको मृत्यु भएको हो । कार्तिक १३ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएकी उनको मंगलबार बिहान मृत्यु भएको अस्पतालले जानकारी दिएको छ । उनी दमको दीर्घरोगी थिइन । रुपन्देहीमा कोरोना संक्रमित स्वास्थ्यकर्मीको मृत्यु भएको यो पहिलो हो । उनी २० बर्ष भन्दा बढी स्वास्थ्य सेवामा सक्रिय थिइन । यता रुपन्देहिमै उपचारको क्रममा कपिलवस्तुका एक वृद्धको पनी कोरोना संक्रमणबाट ज्यान गएको छ । २ दिन अघि अस्पताल भर्ना भएका उनि निमोनिया रोगबाट ग्रस्त थिए । उनको नेपाली सेनाले शव व्यवस्थापन गरेको परिवारिक श्रोतले बताएको छ । मृत्यु प्रश्चात उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।


प्रकाशित : २०७७ कार्तिक २५, मंगलवार ०८:३९