धानको समर्थन मुल्य लागु गर्न किसान संघको ज्ञापन पत्र

[sharethis-inline-buttons]

लुदअ, कपिलवस्तु ।
सरकारले तोकेको धानको सर्मथन मुल्य कार्यन्वयन हुन नसक्दा किसानहरु मारमा परेका छन् । सरकारले असारमै धानको समर्थन मुल्य तोकेको भएपनी अझै कार्यन्वयन हुन सकेको छैन ।

समर्थन मुल्य कार्यन्वयमा ल्याउन कार्तिक ५ गते बसेको मन्त्री परिषद् बैठकले तोकेको समर्थन मूल्यमा धान किन्ने सहकारीलाई प्रतिक्विन्टल ११२ रुपैयाँ अनुदान दिने निर्णय गरेको भएपनी प्रभावकारी कार्यन्वयन हुन नसकेको भन्दै आज कपिलवस्तु किसान संघले प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेललाई ज्ञापन पत्र बुझाएको छ ।

धानको समर्थन मुल्य भन्दा ५।७ रुपैया कम मुल्यमा धान बेच्नु परेको र व्यापारीले खर्चको नाममा प्रति क्विन्टल २ किलो बढि धान लिनुका साथै प्रतिबोरा १५ रुपैया पल्लेदारीको नाममा समेत घटाउने गरेको किसान संघका अध्यक्ष अनप कुमार चौधरीद्धारा जारी ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

ज्ञापन पत्रमा भनिएको छ यो बिषयमा पटक पटक प्रशासन कार्यालयलाई ध्यानकर्षण गराएपनी सो कार्य बन्द नभएकाले अव तत्काल सम्बोधन नभए किसानहरु संघर्षमा जान बाध्य हुने बताइएको छ ।


प्रकाशित : २०७७ कार्तिक २५, मंगलवार १५:१२