लुदअ,कपिलवस्तु ।
सामुदायिक रेडियो भ्वाइस १०२ दशमल ४ मेगाहर्जको आठौं साधारण सभा तथा छैठौं अधिवेशन वाट कुशल नेतृत्व कर्ता शरद अधिकारी अध्यक्ष पदमा सर्व सहमत चयन भएका छन् । अधिवेशनले अधिकारीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति समेत चयन गरेको छ । जसको उपाध्यक्षमा कमलनाथ चौधरी, सुमित्रा अधिकारी, सचिव कृष्ण कार्की, कोषाध्यक्ष जिवनारायण खनाल, सह सचिव कमला भारती र सदस्यहरुमा टुक प्रसाद अर्याल, कपिल खनाल, संजिव गहतराज, गीता पौडेल र बल बहादुर बि.क. रहेका छन् ।
साधारण सभा कार्यक्रमका प्रमुख अतिथि लुम्बिनि प्रदेश प्रदेश सभाका सांसद अर्जुन कुमार के.सी. ले समाज रुपान्तरणमा सञ्चार गृहहरुको महत्वपुर्ण भुमिका रहेको बताए । समाजमा रहेको अन्धविश्वास कु रितिहरुलाई जनचेतनाको माध्यमवबाट सहि सन्देश फैलाउने गरेको तर्क प्रस्तुत गरेका थिए ।
कार्यक्रममा सामुदायिक रेडियो भ्वाईसका उपाध्यक्ष कमलनाथ चौधरीले स्वागत मन्तव्य, रेडियो भ्वाईसका अध्यक्ष टुकप्रसाद अर्यालले अध्यक्षको प्रतिवेदन तथा रेडियो भ्वाईसका सचिब अग्नि प्रसाद सापकोटाले प्रगति प्रतिवेदन र सामुदायिक रेडियो भ्वाईसका कोषाध्यक्ष सुमित्रा अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो ।