बाणगंगाका प्रमुख प्रशासकीय अधिकृत चुरामणी पन्थीको विदाई

ByLumbini Darpan Online

२६ कार्तिक २०७७, बुधबार ०२:५२ २६ कार्तिक २०७७, बुधबार ०२:५२ २६ कार्तिक २०७७, बुधबार ०२:५२

लुदअ कपिलवस्तु, कात्तिक २६
कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुरामणी पन्थीलाई नगरपालिकाले मंगलबार विदाई गरेको छ । नगरबाट युवा तथा खेलकुद मन्त्रालयमा सरुवा भएका पन्थीलाई नगरपालिकाले औपचारिक रुपमा विदाई गरेको हो ।

गत माघ महिनामा वाणगंगामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा हाजिर भएका उनी हालै मात्र सरुवा भई युवा तथा खेलकुद मन्त्रालयमा सरुवा भएका हुन् । उनी आएसंगै कोरोना भाइरसको संक्रमण देखा परेको थियो । कोरोना नियन्त्रणमा उनले खेलेको भूमिका प्रशंसनीय रहेको र कोरोना संक्रमणले समग्र विकास निर्माणमा प्रभाव पारेको भएपनि लकडाउन खुलेसंगै आव ०७६/०७७ का योजना कार्यान्वयन गर्नमा लागो थिए ।

विदाई कार्यक्रममा नगर उपप्रमुख चक्रपाणी अर्यालले वाणगंगामा रहेरसबै पक्षबाट राम्रो सहयोग गरेकोले धन्यवाद व्यक्त गरे । १० महिनाको कार्यकालमा उनले प¥ुयाएको योगदानको कदर गरे ।
यस्तैगरी नगरप्रवक्ता विष्णुप्रसाद पौडेलले स्वागत गर्दा अत्यन्तै खुसी लागेको र विदाई गर्न लाग्दा अत्यन्तै दुःख लागेको बताए । बाणगंगा नगरपालिकालाई गरेको अतुलनीय सहयोगले नगर सफल भएको दावि गर्दै जहाँ गएपनि नभुल्न आग्रह गरे ।

यस्तै नगरका उपसचिव बाबुराम भट्टराईले सरुवा हुनु कर्मचारीको नियमित प्रक्रिया रहेको र यहाँ रहँदा जसरी सहयोग पुरयाउनु भएको थियो सोही तरिकाले नगरका जनप्रतिनिधि, पत्रकार र सरोकारवालासंग मिलेर काम भएको भन्दै उनले जहाँ रहेपनि सहयोग गर्न अनुरोध गरे ।
कार्यक्रममा नगर प्रमुख मंगल प्रसाद थारुको अध्यक्षता रहेको थियो । यस्तैगरी सम्पूर्ण वडाका जनप्रतिनिधिहरु, इलाका प्रहरी कार्यालय पिपराका निरिक्षक दिनेश गुरुङ, नगरका कर्मचारी, संचारकर्मी लगायतको उपस्थिती रहेको कार्यक्रम शिक्षा, युवा तथा खेलकूद शाखा अधिकृत खिमबहादुर जिसिको संचालनमा सम्पन्न भएको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *