
लुदअ कपिलवस्तु, कात्तिक २६
कपिलवस्तुको यशोधरा गाउँपालिकाबाट प्रहरीले लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ । यशोधरा ७ मर्यादपुर स्थित भारतबाट नेपाल आउँदै गरेका कपिलवस्तु नगरपालिका वडा नम्बर २ कुदान बस्ने २२ वर्षिय सोनु कुमार सिल्पकारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सिल्पकारको साथबाट प्रहरीले स्पास्मो – ११ क्याप्सुल, नाईट्रोभेट –३० ट्याप्लेट र कोरेक्स–१०० एम एल नामक लागुऔषध बरामद गरेको हो । पक्राउ परेका सिल्पकारलाई जिल्ला प्रहरी कार्यालय तौलिहवामा राखि थाप अनुसन्धान भईरहेको कपिलवस्तु प्रहरीले जानकारी दिएको छ ।
उनालाई सादा पोशाकमा खटिएको गस्ति टोलिले पक्राउ गरको हो यसैबिच कपिलवस्तुको विजयनगर गाउँपालिकाबाट प्रहरीले अवैध खसी बोका सहित एक उईङ्गर नियन्त्रमा लिएको छ । गयराती शिवराज नगरपालिका वडा नम्बर ५ स्थित विजयनगर चन्द्रौटा सडकखण्डमा चेकजाँचका क्रममा सो उईङ्गरबाट १० वटा खसिबोका नियन्त्रमा लिएको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिईएको सो उईङ्गर र खसीबोका आवस्यक कार्वाहीका लागि सुठौली भन्सारमा पठाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जानकारी दिएको छ ।