अर्घाखाँचीका भुवनेश्वर अधिकारीले भोली काग सम्मेलन गर्दे

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदअ, अर्घाखाँची । भोली अर्थात काग तिहारका दिनमा देशभरका झण्डै ५० बढि रेडियोबाट काग सम्मेलन काग सम्मेलन गरिने भएको छ ।

विभिन्न पशुपंक्षिको हुबहु आवाज निकाल्ने बिलक्षण प्रतिभा भएका भुवनेश्वर अधिकारीले सन्धिखर्कमा रहेको रेडियो देउराली १०.१ मेगाहर्ज अर्घाखाँचीले रेडियोको अन एयरबाटै काग सम्मेलन गर्ने भएका हुन् ।

अधिकारीले रेडियोको अनएयर बाट प्रत्यक्ष प्रसारण मार्फत कागको आवाज निकाली कराउँदा रेडियो देउरालीको स्टुडियो रहेको भवनमा राखिएको स्पिकरबाट आवाज सुनेर कागहरु वरिपरि उड्दा रेडियोको नजिक कागहरु एकत्रित हुने हाँस्य कलाकार अधिकारीले बताए ।

यस्तै कार्यक्रम रेडियो देउराली सँगै रेडियो अर्घाखाँची, नयाँ एफएम, सुर्योदय एफएम, सगर्व एफएम, मायादेवी एफ.एफ. लगायत देशभरका ५० भन्दा बढि रेडियोबाट प्रशारण हुने बताइएको छ ।


प्रकाशित : २०७७ कार्तिक २७, बिहीबार १७:२०