कपिलवस्तुको चप्परगाउँमा नरपानी रेष्टुरेण्ट एण्ड लज शुभारम्भ

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

अनिता क्षेत्री कपिलवस्तु, कात्तिक २८
विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) का कारण वैदेशिक रोजगारमा रहेका युवाहरुले अनेकौँ समस्या झेल्नुपरेकाले युवाहरुले व्यवसाय तर्फ चासो दिएका छन् । सोहि क्रममा कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. ८ मा नरपानी रेष्टुरेण्ट एण्ड लज शुभारम्भ भएको छ ।

वडा नं. ८ चप्परगाउँ स्थित युवाहरुको सक्रियतामा उक्त व्यवसाय सुरु भएको हो ।होटलमा खाना, नास्ता तथा वास वस्नको लागि राम्रो व्यबस्था रहेकाले सेवा लिन आग्रह गरिएको सञ्चालक एच.पि.एस. ग्रुपले बताएको छ । यहाँका स्थानीयहरुको माग र आवश्यकतालाई मध्यनजर गर्दै सेवा प्रदान गर्ने उद्देश्यले होटल सञ्चालन गरिएको होटलका सञ्चालकले बताएका छन् ।

युवाहरुको सक्रियतामा सञ्चालन गरिएको व्यवसायबाट यहाँका स्थानीय लाभान्वित हुने अपेक्षा गरिएको छ ।


प्रकाशित : २०७७ कार्तिक २८, शुक्रबार १४:३४